बैंग्लोरको छैटौं जित

एजेन्सी ।  एबी डे भिलियर्सले बिस्फोटक पारी खेलेपछि जारी १३ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले छैटौं जित हात पारेको छ । शनिबार युएईमा सम्पन्न खेलमा बैंग्लोरले राजस्थानलाई ७ विकेटले पराजित गर्दै छैटौं  जित निकालेको हो ।

युएईको दुबई इन्टरनेसनल क्रिकेट मैदानमा राजस्थानले दिएको १ सय ७८ रनको लक्ष पछ्याएको बैंग्लोरले १९ दशमलब ४ ओभरमा ३ विकेटको क्षतीमा लक्ष पुरा गर्यो । बैंग्लोरको जितमा डे भिलियर्सले ५५ रनको अविजित अर्धशतकीय पारि खेले । २२ बलको सामना गरेका उनले ६ छक्का र १ चौका हिर्काए । यस्तै देभदत्त पाडिक्कलले ३५ र कप्तान बिराट कोहलीले ४३ रन बनाए । गुरक्रित सिंह १९ रनमा अविजित रहे ।

राजस्थानका श्रेयर गोपाल , कार्तिक त्यागी र राहुल टेबाटियाले समान एकएक विकेट लिए

यसअघि राजस्थान रोयल्सले बैंग्लोरलाई १ सय ७८ रनको लक्ष दिएको थियो । युएईको दुबई इन्टरनेसनल मैदानमा टस जितेर पहिले ब्याटिङको निर्णय गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षमतीमा १ सय ७७ रन बनायो ।

राजस्थानकाक लागि कप्तान स्टिभ स्मिथले ५७ रनको अर्धशतकीय पारि खेले । टिमका लागि उच्च स्कोर बनाएका उनले ३६ बलमा ६ चौका र १ छक्का हिर्काए । राजस्थानले आज स्मिथलाई तेस्रो नम्बरमा ब्याटिङका लागि पठाएको थियो । यस्तै आज ओपनिङमा आएका रोविन उथ्थपाले ४१ रन बनाए । २२ बलको सामना गरेका उथ्थपाले ७ चौका र १ छक्का प्रहार गरे । बेन स्टोक्स १५ र सन्जु सामनस ९ रनमा आउट भए । जस बटलरले २४ रन बनाउँदै पेविलियन फर्किए । जोफ्रा अर्चरले २ रन बनाउँदा राहुल टेबाटिया १९ रनमा अविजित रहे ।

बैंग्लोरका क्रिस मोरिसले ४ तथा युजवेन्द्र चाहलले २ विकेट लिए ।

आइपीएलमा यो बैंग्लोरको छैटौ जित हो । जितसंगै कोहलीको बैग्लोरले १२ अंक बनाएको छ । राजस्थानको भने यो छैटौं हार हो ।

यो पनि पढ्नुहोस्ः मुरलीधरनको बायोपिकको बिषयमा बिबाद