दिल्लीलाई चेन्नाईको १ सय ८० रनको लक्ष

एजेन्सी ।  इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा चेन्नाइ सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई चुनौतीपूर्ण लक्ष दिएको छ । युएईमा जारी १३ औं संस्करणको आईपीएल अन्तर्गत जारि खेलमा चेन्नाईले दिल्लीलाई १ सय ८० रनको लक्ष दिएको हो ।

युएईको सारजहा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको चेन्नाईले २० ओरभमा ४ विकेटको क्षतीमा १ सय ७९ रन बनायो । चेन्नाईको चुनौतीपूर्ण लक्षमा रविन्द्र जडेजा र अम्बती रायडुले बिस्फोटक पारि खेले । अविजत प्रदर्शन गरेका जडेजाले १३ बलमा ४ छक्काको मद्दतमा ३३ रन बनाए । यस्तै रायडु २५ बलमा ४ छक्का र १ चौकाको मद्दतमा ४५ रनमा आविजित रहे ।

यसअघि ओपनर फाप् डु प्लेसिसले सर्वाधिक उच्च स्कोर बनाए । ४७ बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरे । सेन वाटसनले ३६ रन बनाए । २८ बलको सामना गरेका उनले ६ चौका प्रहार गरे । सामु कुर्रन ० रनमा आउट हुँदा धोनी ३ रनमा पेविलियन फर्किए ।

दिल्लीका एन्रिच नोट्र्जेले २ विकेट लिए भने तुशारदेश पाण्डे र कागिसो राबाडाले एकएक विकेट लिए ।

यो पनि पढ्नुहोस्ः धवनको शतक, दिल्लीको सातौं जित