नेपोलीसंग एटलान्टा पराजित

एजेन्सी । इटालियन सिरी ए फुटबलमा नेपोलीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा नेपोलीले एट्लान्टामाथी ४–१ को जित निकालेको हो ।

नोपोलीको जितमा खेलको २३ औं र २७ औं मिनेटमा हिर्विङ लोजानोले गोल गरे । ३० औं मिनेटमा माटेओ पोलिटानोले गोल गर्दै नेपोलीलाई ३–० को अग्रता दिलाए । खेलको ४२ औं मिनेटमा नेपोलीले अर्को गोल गर्यो । भिक्टर ओसिम्हेनले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा ४–० को अग्रता दिलाए । दोस्रो हाफमा पाहुना टोली एट्लान्टाले एक गोल फर्कायो । ६९ औं मिनेटमा साम लामेर्सले रोमेरोको पासमा गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे, तर थप गोल गर्न नसक्दा नेपोलीले खेल ४–१ को फराकिलो अन्तरले जितेको हो ।

यस जितसँगै चार खेल खेलेको नेपोली ८ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । सुरुवाती चार खेलमा पहिलो हार व्यहोरेको एट्लान्टा भने ९ अंकसहित दोस्रो स्थानमा छ ।

यो पनि पढ्नुहोस्ः चेल्सीविरुद्ध साउथह्याम्टनको रोचक बराबरी