चेल्सीविरुद्ध साउथह्याम्टनको रोचक बराबरी

एजेन्सी ।  प्रिमियर लिग फुटबलमा चेल्सी साउथह्याम्टनसंग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा चेल्सी साउथह्याम्टनसंग ३–३ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु मैदान स्टाम्फर्ड ब्रिजमा टिमो वेर्नर चम्किएको खेलमा चेल्सीले तीन पटक अग्रता लिएर पनि जोगाउन सकेन । वेर्नरले १५ औं मिनेटमा प्रिमियर लिगमा डेब्यू गोल गर्दा चेल्सीले खेलमा अग्रता बनाएको थियो । चिलवेलले निकालेको लामो पासमा ब्यक्तिगत स्किल प्रदर्शन गर्दै वेर्नरले डिबक्स भित्रबाट हानेको प्रहार गोलमा परिणत भएको थियो । यस्तै २८ औं मिनेटमा वर्नेरले ब्यत्तिगत तथा टिमका लागि दोस्रो गोल गरेका थिए ।

पहिलो हाफमाको अन्तिममा चेल्सीले १ गोल ब्यहोर्यो । ४३ औं मिनेटमा काइ हावट्र्जले मिस पास खेल्दा ड्यानी इङ्सले गोेल गर्दै खेल २–१ को स्थितीमा ल्याए । ५७ औं मिनेटमा चे एडम्सले डिफेन्डर जुमा र चेल्सीका गोल रक्षकको तालमेल नमिल्दा खेल बराबरीमा ल्याए ।

५९ औं मिनेटमा वेर्नरले निकालेको पासलाई हावट्र्जले शुन्दर गोल गर्दै चेल्सीलाई ३–२ को अग्रता दिलाए, तर इन्जुरी समयको दोस्रो मिनेटमा वालकोटको पासमा जान्निक भेस्टर्गाडले गोल गर्दै चेल्सीलाई ३–३ गोलको बराबरीमा रोके । चेल्सीले खेलमा हाकिम जियाचलाई समेत डेब्यू गराएको थियो ।

बराबरीपछि छैटौं स्थानको चेल्सीको तालिकामा ८ अंक भएको छ । चेल्सीले ५ खेलमा २ जित र २ बराबरी खेलेको छ भने एक खेलमा हार सामना गरेको छ । ५ खेलमा २ जित, १ बराबरी र २ हारको समाना गरेको साउथह्याम्टनको भने ७ अंक भएको छ ।

यो पनि पढ्नुहोस्ः स्टर्लीङको गोलमा सिटी विजयी