एसी मिलानसंग इन्टर मिलान पराजित

एजेन्सी ।  ज्लाटन इब्राहिमोविचले गोल गरेपछि इटालियन सिरी ए फुटबलको मिलान डर्बीमा एसी मिलान विजयी भएको छ । शनिबार राति भएको मिलान डर्बीमा एसी मिलान २–१ गोल अन्तरले विजयी भएको हो ।

इन्टरको मैदानमा मिलानको जितमा इब्राहिमोविचले दुई गोल गरे भने इन्टरका रामेलु लुकाकुले १ गोेल फर्काए ।

मिलानले खेलको १३ औं मिनेटमा इब्राहिमोविचको गोलबाट अग्रता बनाएको थियो । प्राप्त पेनाल्टीको अवसरलाई सिधै गोलम परिणत गर्न नसके पनि इब्राहिमोविचले रिबाउण्डमा आएको बललाई जालि चुमाएका थिए । यस्तै इब्राहिमोविचले खेलको १६ औं मिनेटमा दोस्रो गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाएका थिए ।

खेलको २९ औं मिनेटमा इन्टरका लुकाकुले एक गोल फर्काए पनि मिलान खेलमा फर्कन सकेन र सिजनको पहिलो डर्बीको नतिजा एसी मिलानलाई सुम्पियो ।

जितसँगै मिलान तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

यो पनि पढ्नुहोस्ः युनाइटेडको फराकिलो जित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :