टोटनहम र वेस्ट ह्याम, लेस्टर र एस्टन भिल्ला खेल्दै

एजेन्सी ।  प्रिमियर लिग फुटबलमा आइतबार विभिन्न ४ खेल हुदैछन् । आइतबार राति हुने खेलमा टोटनहम, लेष्टर सिटी लगायत क्लबले आआफ्नो खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

टोटनहमले नेपाली समय अनुसार राति ९ः१५ मा घरेलु मैदानमा वेस्ट ह्यामको सामना गर्नेछ । अघिल्लो खेलमा म्यान्चेस्टर युनाइटेडविरुद्ध सानदार जित निकालेको टोटेनहम तेस्रो जितको खोजिमा हुनेछ । टोटेनहमले प्रिमियर लिगमा अहिलेसम्म खेलेका ४ खेलमा ७ अंक जोडेको छ । टोटेनहमले आजको खेलमा ग्यारेथ बेललाई डेब्यु गराउने सम्भावना छ ।

यस्तै वेस्ट ह्याम पनि टोटेनहमलाई हराएर तेस्रो जितको खोजिमा हुनेछ । वेस्ट ह्यामले यो सिजन ४ खेलमा ६ अंक जोडेको छ ।

यस्तै अन्य खेलमा लेष्टर सिटीले एस्टन भिल्लासँग नेपाली समय अनुसार राति १२ बजे खेल्नेछ । त्योभन्दा अघि सेफिल्ड युनाइटेडले फुलहमको सामना गर्नेछ भने क्रिस्टल प्यालेसले ब्राइटनको सामना गर्नेछ ।

यो पनि पढ्नुहोस्ःएसी मिलानसंग इन्टर मिलान पराजित