न्युजिल्याण्डका सिफर्ट कोलकत्तामा आवद्ध

एजेन्सी । इण्डियन प्रिमियर लिग (आइपीएल) टोली कोलकत्ता नाइट राइडर्सले अमेरिकाका फास्ट बलर अली खानको स्थानमा न्युजिल्याण्डका विकेटकीपर ब्याट्सम्यान टिम सिफर्टलाई अनुबन्ध गरेको छ । खान घाइते भएर टिमबाट बाहिरिएको एकसातापछि कोलकत्ताले सिफर्टलाई टोलीमा समावेस गरेको हो ।

क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सानदार प्रदर्शन गरेको भन्दै कोलकत्तामा आवद्ध भएका खान अभ्यासको क्रममा घाईते भएपछि बाहिरिएका थिए । आइपीएलमा आवद्ध हुने पहिलो अमेरिकी खेलाडी बनेका खानले डेब्युको अवसरनै नपाई बाहिरिनु परेको थियो ।

चोटका कारण घर फर्कन बाध्य भएका खान इङ्ल्याण्डका फास्ट बलर ह्यारी गुर्नीको स्थानमा टिम कोलकातामा समावेस भएका थिए । गुर्नीको काघमा चोट लागेर शल्यक्रिया गर्नु गरेपछी खानलाई कोलकाताले आफ्नो टिममा सामेल गरेको थियो, तर खान पनि चोटका कारण बाहिरिएपछि सिफर्टले मौका पाएका हुन् ।

यो पनि पढ्नुहोस्ःहैदराबादलाई कोलकत्ताको मध्यम लक्ष