हैदराबादलाई कोलकत्ताको मध्यम लक्ष

एजेन्सी ।  इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत जारी खेलमा कोलकत्ता नाइट राइडर्सले सनराईजर्स हैदराबादलाई १ सय ६४ रनको लक्ष दिएको छ । युएईको सेख जियाद स्टेडियममा जारी खेलमा कोलकत्ता नाइट राइडर्सले हैदराबादलाई मध्यम लक्ष दिएको हो ।

आइतबार जारी पहिलो खेलमा टस हारेर पहिले ब्याटिङमा आएको कोलकत्ताले २० ओभरमा ५ विकेटको क्षतीमा १ सय ६३ रन बनायो । खेलको अन्तिम ओभरमा दिनेश कार्तिक र इयान मोर्गनले बिस्फोटक पारि खेलेपछि कोलकत्ता चुनौतीपूर्ण लक्षतर्फ लम्किएको थियो ।

ओपनर सुभमन गिल र राहुल त्रिपाठीले सुरुवात राम्रो दिलाएपनि यी दुईबीचको साझेदारी लामो रहन सकेन । गील ३७ बलमा ५ चौकाको मद्दतमा ३६ रनमा आउट भए । १६ बलमा २३ रन हिर्काका त्रिपाठीलाई पनि थंगारसु नटराजनले बोल्ड आउट गरे । नितिश रानाले २० बलमा २९ रन बनाए । अलराउण्डर आन्द्रे रसेलको ब्याट आज पनि चलेन । उनले ११ बलको सामना गर्दै मात्र ९ रन बनाउँदै पेविलियन फर्किए ।

कप्तान इयान मोर्गन २३ बलमा ३ चौका र १ छक्काको मद्दतमा ३४ रनमा अविजित रहे । दिनेश कार्तिक १४ बलमा समान २ चौका र २ छक्काको मद्दतमा २९ रनमा अविजित रहे ।

यो पनि पढ्नुहोस्ः न्युजिल्याण्डका सिफर्ट कोलकत्तामा आवद्ध

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :