सेफिल्ड र फुलहमले बराबरी खेले

एजेन्सी ।  प्रिमियर लिग फुटबलमा फुलहम र सेफिल्ड युनाईटेडले बराबरी खेलेका छन् । आइतबार भएको खेलमा सेफिल्ड र फुलहमले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।

सेफिल्डको घरेलु मैदानमा पाहुना टोलीले ७७ औं मिनेटमा अग्रता बनाए पनि जोगाउन सकेन । ७७ औं मिनेटमा एडेमोला लुकम्यानले फुलहमलाई अग्रता दिलाएका थिए, तर  ८५ औं मिनेटमा बिलि सार्पले पेनाल्टीमा गोल गर्दै सेफिल्डलाई बराबरीमा पुर्याएका थिए ।

त्यसअघि खेलको ५७ औं मिनेटमा फुलहमले पेनाल्टीको अवसर पाए पनि एलेक्जेन्डर मिट्रोभिचले पेनाल्टी खेर फालेका थिए ।

बराबरीसँगै फुलहम र सेफिल्डले सिजनको पहिलो अंक हात पारेका छन् । दुबै टोली यसअघिका सबै खेलमा पराजित भएका थिए । बराबरीपछि सेफिल्डको ५ खेलमा १ अंक भएको छ भने समान खेलबाट फुलहमको पनि १ अंक छ ।

यो पनि पढ्नुहोस्ः टोटनहम र वेस्ट ह्याम, लेस्टर र एस्टन भिल्ला खेल्दै