सुपर ओभरमा कोलकत्ताको जित

एजेन्सी ।  इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले पाचौं जित हात पारेको छ । आइतबार भएको खेलमा सनराइजर्स हैदराबादलाई पराजित गर्दै कोलकत्ताले पाचौं जित हात पारेको हो ।

अबुधाबी आइतबार सम्पन्न खेलमा कोलकत्ताले सनराइजर्स हैदराबादविरु४ सुपर ओभरमा जित निकाल्यो । कोलकत्ताले दिएको १ सय ६४ रनको लक्ष्यसहित मैदान उत्रिएको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६३ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा हैदराबादले २ विकेट गुमाएर मात्र २ रन जोड्यो । ३ रनको लक्ष्य कोलकत्ताले चौंथो बलमा पुरा गर्यो ।

यअघि हैदराबादका कप्तान डेभिड वार्नरले अविजित ४८ रन बनाए । आइपीएलमा ५ हजार रन पुरा गरेका वार्नरले जितका लागि अन्तिम ओभरमा १८ रन आवश्यक हुँदा लगातार ३ चौका प्रहार गर्दै जितको बाटो देखाए पनि खेल सुपर ओभरमा पुगेको थियो ।

यस्तै हैदराबादका जोनी बेयरस्टोले ३६, केन विलियम्सनले २९ रन बनाए । अब्दुल समादले २३ रन जोडे ।  कोलकत्ताका लक्की फर्गुसनले ३ विकेट लिए ।

यसअघि कोलकत्ताले हैदराबादलाई १ सय ६४ रनको लक्ष दिएको थियो । युएईको सेख जियाद स्टेडियममा टस हारेर पहिले ब्याटिङमा आएको कोलकत्ताले २० ओभरमा ५ विकेटको क्षतीमा १ सय ६३ रन बनायो । खेलको अन्तिम ओभरमा दिनेश कार्तिक र इयान मोर्गनले बिस्फोटक पारि खेलेपछि कोलकत्ता चुनौतीपूर्ण लक्षतर्फ लम्किएको थियो ।

ओपनर सुभमन गिल र राहुल त्रिपाठीले सुरुवात राम्रो दिलाएपनि यी दुईबीचको साझेदारी लामो रहन सकेन । गील ३७ बलमा ५ चौकाको मद्दतमा ३६ रनमा आउट भए । १६ बलमा २३ रन हिर्काका त्रिपाठीलाई पनि थंगारसु नटराजनले बोल्ड आउट गरे । नितिश रानाले २० बलमा २९ रन बनाए । अलराउण्डर आन्द्रे रसेलको ब्याट आज पनि चलेन । उनले ११ बलको सामना गर्दै मात्र ९ रन बनाउँदै पेविलियन फर्किए ।

कप्तान इयान मोर्गन २३ बलमा ३ चौका र १ छक्काको मद्दतमा ३४ रनमा अविजित रहे । दिनेश कार्तिक १४ बलमा समान २ चौका र २ छक्काको मद्दतमा २९ रनमा अविजित रहे ।

यो पनि पढ्नुहोस्ः आइपीएलमा वार्नरको ५ हजार रन पुरा