क्रिस्टल प्यालेस बराबरीमा रोकियो

एजेन्सी ।  प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेस ब्राइटनसंग बराबरीमा रोकिएको छ । आइतबार राति सम्पन्न खेलमा क्रिस्टल र ब्राइटनले १–१ गोलको बराबरी खेलेका हुन् ।

सुरुवाती अग्रता जोगाउन नसक्दा क्रिस्टलले ब्राइटनसंग अंक बाँड्यो ।

खेलको १९ औं मिनेटमा वेलफ्रेड जाहाले पेनाल्टीमा गोल गर्दै क्रिस्टललाई अग्रता दिलाए । ब्राइटनका डिफेन्डरले फर्वाड मिची बात्सुआइलाई पेनाल्टी क्षेत्रमा लडाएपछि क्रिस्टलले पेनाल्टी पाएको थियो, तर खेलको ९० औं मिनेटमा एलेक्सिस म्याकले गोल गर्दै क्रिस्टलसंग अंक खोसे ।

खेलको इन्जुरी समयमा लेविस डंकले रातो कार्ड पाएपछि ब्राइटन १० खेलाडीमा समेटिएको थियो ।

बराबरीसँगै क्रिस्टलले ५ खेलमा ७ अंक जोडेको छ । ब्राइटनले समान खेलमा ४ अंक बनाएको छ ।

यो पनि पढ्नुहोस्ः भान डाइकले सिजन गुमाउने !