धवनको शतक, दिल्लीको मध्यम लक्ष

एजेन्सी ।  सिखर धवनको शतकको मद्दतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले किंग्स एलाभेन पञ्जाबलाई जितका लागि १ सय ६५ रनको लक्ष दिएको छ । मंगलबार युएईमा जारी खेलमा धवनको शतकका बाबजुद नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध दिल्लीले पञ्जाबलाई जितका लागि मध्यम लक्ष दिएको हो ।

दुबई इनटरनेसनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६४ रन बनायो ।

दिल्लीका लागि ओपनर धवनले नटआउट १ सय १२ रन बनाए । १३ औं संस्करणको आइपीइलमा लगातार दोस्रो शतक बनाउने क्रममा धवनले ६१ बलमा १२ चौका र ३ छक्का हिर्काए । धवनले यसअघिको खेलमा चेन्नाई सुपर किंग्सविरुद्ध नटआउट १ सय १ रनको पारि खेलेका थिए ।

आजको खेलमा ओपनर पृथ्वी शाँलाई ७ रनमा गुमाएको दिल्लीले कप्तान श्रेयर ऐयर र रिसभ पंतलाई समान चौध चौध रनमा गुमाएको थियो । यस्तै मार्कुस स्टोइनिस ९ रनमा पेविलियन फर्कदा हेटमायरले नटआउट १० रन बनाएका थिए ।

पञ्जाबका मोहमद सामीले सर्वाधिक २ विकेट लिए ।

यो पनि पढ्नुहोस्ः  खेलाडीको भविष्य सुनिश्चित गर्न अग्रसर हुन्छु :हरि खड्का