आईपीएलः आज राजस्थान र हैदराबाद खेल्ने

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत बिहिवार राजस्थान रोयल्स र सनराइजर्स हैंदरावादबीच प्रतिस्पर्धा हुँदैछ । यी दुईबिचको खेल नेपाली समयानुसार बिहिबार राति पौने ८ बजे दुबाईस्थित दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

स्टिव स्मिथ कप्तानिको राजस्थान ९ खेलमा ४ जित र ५ हारपछि ८ अंक सहीत अंकतालिकाको छैठौं स्थानमा छ । यस्तै डेविड वार्नर कप्तानिको हैदरावाद पनि समान ९ खेलमा ३ जित र ६ हारपछि ६ अंक सहित पुछारबाट एक स्थान माथि छ ।

हालसम्म यी दुई टोलि १२ पटक आमने सामने हुँदा दुबैले समान ६ ६ पटक जित निकालेका छन् । यता यस संस्करणको पहिलो भेटमा राजस्थान विजयी भएको थियो ।

सुरुवाती २ खेलमा जित निबालेको राजस्थानले लयलाई निरन्तरता दिन नसक्दा त्यस पछिका ७ खेलमा मात्र २ जित निकाल्न सकेको छ । सुरुवाती २ खेलमा उत्कृष्ट प्रदर्शन गरेका सन्जु स्यामसनले पनि त्यपछिका खेलहरुको प्रदर्शन दोहोर्याउन सकेनन् । यता कप्तान स्मिथले भने मध्यम औसतको ब्याटिङ्ग प्रर्दशन गरिरहेका छन् ।

जोस बट्लरले पछिल्लो खेलमा चेन्नाई विरुद्ध उत्कृष्ट पारी खेलेका थिए । बट्लरको स्थानमा ओपनिङ्गको जिम्मेवारी सम्हालेका बेन स्टोक्सले पनि खासै प्रदर्शन गर्न सकेका छैनन् । केहि खेलमा अविश्वस्नीय प्रदर्शन गरेका ाहुल तेवतियाको प्रदर्शन राजस्थानको लागि निर्णायक हुन सक्छ

राजस्थानको बलिङ्गतर्फ जोफ्रा आर्चर राम्रो लयमा छन् । उनले यस संस्करणमा १३ विकेट लिंदै सर्वाधिक विकेटकर्ताको सूचीमा शिर्ष ५ भित्र रहेका छन् । स्पिनरद्वय श्रेयस गोपाल र राहुल तेवतिया र युवा फास्ट बलर कार्तिक त्यागीले राम्रो बलिङ्ग गरे राजस्थानको प्लेअफ क्वालिफाई गर्ने सम्वाभना जिवित रहने छ ।

यस्तै पछिल्लो खेलमा कोलकाता विरुद्ध सुपर ओभरमा पराजित भएको हैदरावाद पनि प्लेअफको होडमा रहेको छ । ओपनरहरु जोनी बेयरस्टो र कप्तान डेविड वार्नर, मनिष पाण्डे, केन विलियमसनको प्रर्दशन हैदरावादको जितका लागि मुख्य रहनेछ ।

बलिङ्गमा खलिल अहमद, सन्दिप शर्मा र टि नटराजनको राम्रो प्रदर्शन र राशिद खानले उत्कृस्ट लयलाई निरन्तरता दिने कोसीस गरे हैदरावादले महत्वपुर्ण २ अंक आफ्नो पक्षमा पार्न सक्ने छ ।

 पनि पढ्नुहोस्ः  भारतीय अभिनेता सोहेल खानले किने लंका प्रिमियर लिग क्लब