एन्फा अध्यक्ष शेर्पालाई कोरोना संक्रमण

काठमाण्डौ । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ्ग शेर्पालाई कोरोना सक्रमण देखा परेको छ ।

एन्फा अध्यक्ष शेर्पाले बिहिबार आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी गराएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्,‘आजको मेरो पीसीआर रिपोर्ट पोजिटिभ देखिएकोले विगत केही दिनदेखि सम्पर्क आउने सबैमा सचेत रहन अनुरोध गर्दछु ।

आजै राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिनालाई समेत संक्रमण फेला परेको थियो । तिम्सिनले बुधबार पीसीआर परिक्षण गराएका थिए ।

शेर्पा र तिम्सिना दुबै जना अहिले आईसोलेसनमा बसिरहेको मेरोखेल डटकमसँगको कुराकानीमा दुबैले जानकारी गराए ।

 पनि पढ्नुहोस्ः  ‘ब्ल्याक लाइभ्स म्याटर’ प्रति आईपीएलले सहयोग गरेन: होल्डर