गौतम बुद्ध अन्तराष्ट्रिय रंगशालाको निर्माणकार्य दशैंमा पनि नरोकिने

लक्ष्मी शाक्य

चितवन । चितवनको भरतपुरमा निर्माणाधीन गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य दशैंमा पनि नरोकिने भएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको देशव्यापी लकडाउनको अवधीमा समेत निर्माण कार्य रोकिएको थिएन ।

सरकारले चैत ११ देखि लकडाउनको आह्वान गरेकोथियो ।धुर्मुस सुन्तली फाउन्डेसनलेबैशाखको २० गतेदेखि ३० जना कामदारबाट निर्माणको कामपुनः सुरु गरेको हो । साउनदेखि करिव २ सय जना र अहिले २ सय ३३ जना मजदुर कार्यरत छन् र दैनिक रुपमा काम भइरहेको छ ।

दशैंको समयमाकरिव १ सय ५० जनाकामदार सहित निर्माण कार्य जारी राख्ने फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेलले मेरोखेल डटकमलाई जानकारी दिए । उनका अनुसार कामदारको चाहना अनुसार नै दशैंमा काम नरोकिएको हो । उनले प्रतिकुल समयमा समेत रंगशालाको काम नरोकिएकोले दशैं, तिहार उत्सव भएकोले रंगशाला बनाएर नै पर्व मनाउने बताए ।

‘हामीस“ग भएका कामदार मध्ये कतिपय दशैंका लागि घर जानुहुन्छ । अहिलेको परिस्थिति र निर्माणकार्यको अवस्थालाई मध्यनजर राख्दै सबैस“ग प्रतिक्रियामाग्दा धेरैजसोले रंगशाला उभ्याएर मात्रै घर जाने र आफूहरूका लागि यही नै चाडपर्व भएको बताएपछि काम सन्चालन गर्न लागिएको हो,’ कट्टेलले भने ।

रंगशालामा काम गर्ने सबै मजदुर तथा कर्मचारीहरूलाई टीका लगाएर यही दशैं मनाउने कट्टेलले बताए ।

गत वर्षको मंसिर १ देखि मुख्य रंगशाला निर्माणको काम सुरू भएको हो । सुरुवातमा २२ लाख लिटरको ड्रेन निर्माण र प्यारापिटको पिल्लरको फाउन्डसेन तयार गर्न फागुनसम्मको समय लाग्यो । चैत महिना लकडाउनका कारण काम सन्चालन हुन नसके पनि बैशाख यता रंगशालाको पूर्व (स्टान्ड बी) र पश्चिम (स्टान्ड ए) मोहडामा रहने प्यारापिटको काम सुरु गरिएको हो । यो प्यारापिट ३० हजार दर्शक क्षमताको हुनेछ ।

रंगशालाको ३ सय ६० वटा पिल्लरमध्ये २ सय वटा पिल्लर ठड्याइसकिएको छ । स्टान्ड ए मा सबै पिल्लर (१ सय ३५ वटा) राखिसकिएको छ । यहा“ ढुंगाको वालको काम सुरु भएको छ । स्टान्ड बी मा ६५ वटा पिल्लर उठेको छ र बा“कीको काम अन्तिम चरणमा पुगेको छ ।

default

परियोजनाव्यवस्थापकजनार्दन शर्माका अनुसार रंगशालाको दुई स्टान्डको जगको ढलानमा ६० प्रतिशत काम सम्पन्न भएको छ । त्यस्तै टाइवीमको काम १३ प्रतिशत सकिएको छ । मैदानको काम यसअघि नै ८५ प्रतिशत सम्पन्न भइसकेको छ ।

कोरोना भाइरसको बढ्दो संक्रमण, आवश्यकमालसामाग्रीहरुको अभाव, कामदारहरुको समस्या, बर्खा र निरन्तरको झरीका बावजुद पनि रंगशालाको काम अघि बढाइएको फाउण्डेशनका अध्यक्ष कट्टेलले बताए ।

‘कोरोना भाइरसका कारण देखाउ“दै धेरैजसो विकास आयोजनाहरुको कामप्रभावितभएका छन्, तर यो राष्ट्रिय गौरवको परियोजनामाभने निरन्तर काम भैरहेको छ’ कट्टेलले भने ।

२०७५ साल माघ १६ गते राष्ट्रिय सभागृहमा बृहत घोषणा सभा आयोजना गरी रंगशाला निर्माण अभियान सुरु गरिएको हो । रंगशाला निर्माणको सामाजिकअभियानमा जोडिएर बोलकबोल भएका रकमहरु समयमै उठेको भए रंगशाला निर्माणको कार्य प्रगति अझै धेरै हुन सक्थ्यो । तर काम भएको दिनको गणना गर्ने हो भने पनि धेरै प्रगती भएको फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिए ।

रंगशाला निर्माणमा अहिलेसम्म २४ करोड १४ लाख ६० हजार रकमको आर्थिक स्रोत जुटेको छ । निर्माणमा असोज मसान्तसम्म ३० करोड ५५ लाख १२ हजार रकम खर्च भएको फाउण्डेशनका आर्थिक प्रशासनप्रमुख मुक्ति तिमल्सिनाले जानकारी दिए । यसो हु“दा फाउण्डेशन अझैं ६ करोड ४० लाख ५२ हजार ऋणमा छ ।

सरकारी तवरबाट रंगशालालाई बागमती प्रदेश सरकारबाट तीन करोड, भरतपुर महानगरपालिकाबाट २ करोड, हेटौंडा उपमहानगरपालिकाबाट ३० लाख रकम सहयोग भएको छ । अन्य केही स्थानीयतहले बालुवा, ढुंगा र गिट्टी सहयोग गरेका छन् । रंगशालानिर्माणमा खर्च भएको ठूलो हिंस्सा जनस्तरबाट प्राप्त सहयोग नै रहेको फाउण्डेशनले जनाएको छ । रंगशालाका लागि गएको माघ लगाइएको वृहत धनधाञ्चल महोत्सवबाट नगद ८ करोड ४६ लाख ३० हजार नगद संकलन भएर काम अघि बढेको थियो ।

यो पनि पढ्नुहोस्ः दसैंमा खेलाडीले के–केमा ध्यान दिने ?