पञ्जाबको पाचौं जित, प्लेअफ सम्भावना कायमै

एजेन्सी । इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा किंग्स इलाभेन पञ्जाबले पाचौं जित हात पारेको छ । शनिबार भएको खेलमा किंग्स इलाभेन पञ्जाबले सनराइजर्स हैदराबादलाई पराजित गर्दै पाचौं जित हात पारेको हो ।

१३ औं संस्करणको आइपीएलमा हैदराबादलाई पञ्जाबले १२ रनले हरायो । पञ्जाबले दिएको १ सय २६ रनको सामान्य लक्ष पछ्याएको हैदराबाद निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै १ सय १४ रनमा समेटियो ।

हैदराबादका लागि कप्तान डेभिड वार्नरले ३५ रन बनाए । २० बलमा वार्नरले ३ चौका २ छक्का प्रहार गरे । ओपनर जोनी वेयरस्टोले १९ रन बनाए । मनिस पाण्डेले ५ रन बनाउँदा अव्दुल समदले ७ रन बनाए । यस्तै विजय संकरले २६ रन बनाए । पञ्जाबका अर्शदिप सिंहले ३ विकट लिए ।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो इनिङ्समा पन्जाबले हैदराबादलाई जितका लागि १ सय २७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२६ रन जोड्न सक्यो । मध्यम सुरुवात गरेको पन्जाबले पहिलो विकेटको रुपमा मन्दीप सिंहलाई १७ रनमा गुमाएको थियो । दोस्रो विकेटको रुपमा २० रनमा क्रिस गेललाई गुमाएको पन्जाबले तेस्रो विकेटको रुपमा कप्तान केएल राहुलाई गुमाएको थियो । राहुलले २७ बल खेल्दै दुई चौका र एक छक्काको मद्दतमा २७ रन जोडेका थिए । निकोलस पूरनले ३२ रनको अविजित पारी खेले । उनले २८ बलमा दुई चौका प्रहार गर्दै २८ रन जोडे । पन्जाबलाई सस्तैमा समेट्न हैदराबादका लागि सन्दीप शर्मा, जोसन होल्डर र राशिद खानले समान दुई–दुई विकेट लिए ।

जितसंगै पञ्जाबले प्लेअफ सम्भावना कायमै राखेको छ । पञ्जाबको यो पाचौं जित हो भने पञ्जाबले तालिकामा १० अंक बनाएको छ । हैदराबादले भने ११ खेलमा ४ खेलमा मात्र जित निकालेको छ ।

यो पनि पढ्नुहोस्ः कोलकत्तासंग दिल्ली पराजित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :