पीएसजीको फराकिलो जित

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वानमा सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा पीएसजीले डिजोनलाई ४–० ले पराजित गर्यो ।
पीएसजीको जितमा इटालियन फरवार्ड मोइस केनले दुई गोल गरे । यस्तै केयलियन एम्बाप्पेले २ गोल थपे ।

केनले खेलको तेस्रो मिनेटमा नै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । प्रिमियर लिग क्लब एभर्टनबाट यही सिजन लोनमा पीएसजी पुगेका मेनले बेकरको क्रसमा उत्कृष्ट भलि गोल गरे । २३ औं मिनेटमा नेयमारको पास सदुपयोग गर्दै केनले ब्यक्तिगत दोस्रो गोल गर्दा पीएसजीले पनि खेलमा २–० को अग्रता बनायो ।

पीएसजीले खेलको ७३ औं मिनेटमा केनले को स्थानमा एम्बाप्पेलाई मैदान पठायो । अन्तिम १५ मिनेटमा एम्बाप्पेले समेत २ गोल गरे । ८२ औं मिनेटमा नेयमारको पासमा र ८८ औं मिनेटमा पाब्लो सराबियाको पासमा गोल गर्दै एम्बाप्पेले ४–० को जित दिलाए ।

जितसंगै पीएसजीको ८ खेलमा १८ अंक छ भएको छ । पीएसजी तालिकाको शीर्ष स्थानमा छ ।

यो पनि पढ्नुहोस्ः लिभरपुलसंग सेफिल्ड पराजित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :