माइक टाइसन फेरि बक्सिङ खेल्दै

एजेन्सी ।  महान बक्सर माइक टाइसन फेरि एक पटक बक्सिङ् रिङमा देखापर्ने भएका छन् । टाइसन अर्को महिना क्यालिफोर्नियामा खेल्न लागेका हुन् । यस पटक उनको सामना रोय जोन्ससँग हुनेछ ।

क्यालिफोर्निया एथलेटिक आयोगले अर्को महिना टाइसन र जोन्सबीच म्याच खेलाउन अनुमति दिएको छ । यो केवल प्रदर्शनी खेल हुनेछ ।

टाइसनले भनेका छन्, मैले यसलाई केवल प्रदर्शनी खेलको रूपमा लिइरहेका छैन ।

यसलाई गम्भीरताका साथ लिएको छु । पूर्व च्याम्पियन टाइसनले बिहीबार एक अनलाइन प्रेस सम्मेलनमा भने ।

५४ वर्षे टाईसन र ५१ वर्षे जोन्सबीचको खेल नोभेम्बर २८ मा लस एन्जलस स्टेपल्स सेन्टरमा हुनेछ । आठ राउण्डको म्याचमा प्रत्येक दुई मिनेटको हाफ हुने छ ।

टाइसनले अन्तिम पटक जून २००५ मा आधिकारिक म्याच खेलेका थिए ।

यो पनि पढ्नुहोस्ः वुल्भ्स र क्रिस्टल प्यालेस खेल्दै