सुवासलाई सम्मान गरिने

काठमाडौं । कोरोना भाइरस (कोभिड– १९) का कारण गरिएको लकडाउन र निशेधाज्ञाको अवधिमा भएका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनलाइन कराते प्रतियोगितामा पदक जित्न सफल सुवास घतानेलाई नगदसहित सम्मान गरिने भएको छ । नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) ले सुवासलाई प्रोत्साहन स्वरुप नगदसहित सम्मान गर्ने संघका उपाध्यक्ष समेत रहेका प्रमुख प्रशिक्षक निवासगोपाल वैद्यले जानकारी गराए ।

‘तिहार अघि नै हामीले सुवासलाई नगदसहित सम्मान गर्ने तयारी गरेका छौं ।’– सुवासलाई बधाइ दिदै वैद्यले भने ।

लकडाउन र निशेधाज्ञाका दौरान सुवासले ३ अन्तर्राष्ट्रिय र १ राष्ट्रिय गरी ४ प्रतियोगितामा सहभागिता जनाएका थिए । चार प्रतियोगितामा उनले ३ स्वर्ण र १ रजत जिते । चारैमा उनले एकल कातामा आफ्नो कौशल प्रदर्शन गरेका थिए ।

हालै सम्पन्न सातौं निशिमुरा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगिता ९फिलिपिन्स० मा उनले स्वर्ण जितेका थिए । त्यसअघि विश्व कराते च्याम्पियनसिप ९माल्टा० मा रजत जितेका सुवासले अल नेपाल ओपन कराते प्रतियोगितामा स्वर्ण जिते । अन्तर्राष्ट्रिय अनलाइन इ काता कराते प्रतियोगिता ९भारत० मा सुवासले नेपाललाई स्वर्ण दिलाएका थिए ।

विभागीय टोली एपीएफका सुवास सातौं राष्ट्रिय खेलकुदका स्वर्ण तथा आठौं राष्ट्रिय खेलकुदका रजत पदक विजेता हुन् ।

यो पनि पढ्नुहोस्ः नेपाललाई १६ स्वर्णसहित ३५ पदक