युनाइटेडको तेस्रो जित

एजेन्सी । प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले तेस्रो जित हात पारेको छ । शनिबार साँझ भएको खेलमा युनाइटेडले शीर्ष पाँचको एभर्टनमाथी ३–१ को पुनरागमन जित निकाल्दै तेस्रो जित हात पारेको हो ।

एभर्टनको घरेलु मैदान गुडिसन पार्कमा भएको खेलमा घरेलु टोलीलाई पराजित गर्न युनाइटेडका लागि ब्रुनो फेर्नान्डेजले दुई र एडिन्सन काभानीले एक गोल गरे । त्यस्तै एभर्टनका लागि बेर्नार्डले एक गोल गरे ।

खेलको १९ औं मिनेटमा बेर्नार्डले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ६ मिनेट नबित्दै फेर्नान्डेजले गोल गरेर र पाहुना टोलीले खेल १–१ को बराबरीमा ल्यायो । त्यस्तै ३२ औं मिनेटमा फेर्नान्डेजले व्यक्तिगत दोस्रो गोल गरे । मार्कुस राफोर्डले उपलव्ध गराएको पासमा फर्नान्डेजले गोल गरेपछि युनाइटेडलाई खेलमा २–१ को अग्रता मिल्यो । यस्तै खेलको ८२ औं मिनेटमा एन्थोनी मार्सिएलको स्थानमा मैदान प्रवेश गरेका काभानीले फेर्नान्डेजको पासमा गोल गरेपछि युनाइटेडले ३–१ को जित दर्ता गर्यो । यसै सिजन फ्रि ट्रान्सफरमा फ्रेन्च लिग वान क्लब पीएसजीबाट युनाइटेड पुगेका काभानीको प्रिमियर लिगमा सिजनको पहिलो गोल हो ।

यस जितसँगै युनाइटेडले सात खेलमा तीन खेलका जित, एक बराबरी र तीन खेलमा हारसहित १० अंक जोडेर तालिकाको १३ औं स्थानमा उक्लिएको छ । एभर्टनको भने यो लगातार तेस्रो हार हो । आठ खेल खेलेको एभर्टन १३ अंकसहित तालिकाको पाँचौ स्थानमा छ ।

यो पनि पढ्नुहोस्ः बार्सिलोनाको जितमा मेस्सीको दुई गोल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :