आईपीएल को १४ औं संस्करणमा नयाँ टोलि थप्ने तयारी

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रल बोर्ड (बीसीसीआई) ले इण्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करणमा नयाँ टोलि थप्ने तयारी गरेको छ ।

हाल ८ ओटा टिमहरु सहभागी हुदै आएको लिगको अर्को संस्करणमा एक टिम थज्दै टिम संख्या ९ बनाउने तयारीमा बीसीसीआई रहेको भारतीय सञ्चार माध्यमले जनाएका हन् ।

यस्तै कोरोना कहर र आईपीएलको अर्को संस्करण आउन केही महिना मात्र बाकी हुदा समेत बीसीसीआईले मेघा अक्सन समेत गराउने तयारी थालेको छ ।
प्रतेक ३ बर्षमा आयोजना गरीने आईपीएलको अन्तिम मेधा अक्सन २०१८ मा गरीएको थियो ।

यस संस्करण्को आईपीएल मुम्बईले जितेको छ । बुधबार राति सम्पन्न खेलमा मुम्बईले दिल्लीलाई ५ विकेटले पराजित गर्दै पाँचौं पटक उपाधि जितेको थियो ।

यो पनि पढ्नुहोस्ः बिग बासका लागि सन्दीप अष्ट्रेलिया जाने पक्का,चार टिमले देखाए चासो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :