अमेरिकामा सिकेको सिप नेपालमा खर्च गर्न चाहन्छुः प्रशिक्षक हुमागाई

लक्ष्मी शाक्य

काठमाण्डौ । थ्री स्टार क्लबलाई ८ वर्षअघि लिग च्याम्पियन बनाएर घरेलु फुटबलमा चर्चा कमाएका प्रशिक्षक प्रदीप हुमागाई नेपाल फर्किएका छन् । हुमागाईले पछिल्ला केही वर्षहरुमा अमेरिकास्थित स्ट्रोडवर्ग हाई स्कुल र केहि स्टोन एथलेटिकका मुख्य फुटबल प्रशिक्षकका रुपका काम गर्दै आएका थिए ।

हुमागाईको स्ट्रोडवर्ग हाई स्कुल र केहिस्टोन एथलेटिकसँगको सम्झौता सकिएसँगै आागमी यात्रा नेपालको फुटबल विकासमा बिताउने उद्देश्यका साथ नेपाल फर्किएका हुन् ।

मेरोखेल डटकमसँग उनले भने,‘अमेरिकामा रहेर फुटबल प्रशिक्षण गराउँदा अन्य विदेशी फुटबल क्लबहरुबाट प्रशिक्षकको प्रस्ताव आएपनी नेपाली फुटबलकै विकासका लागि पहलकदमी भुमिका निर्वाह गर्ने उद्देश्यका साथ नेपाल फर्किएको हुँ ।’

हुमागाईले जोडे,‘नेपालका एक दुईवटा क्लब र एन्फासँग पनि अनौपचारिक कुरा भैसकेको छ, नेपालमा यहि क्लबमा प्रशिक्षक नियुक्त हुन्छु भन्ने निश्चित भने भएको छैन,म कुनै क्लबको प्रशिक्षकमा नियुक्त भए भने राम्रै भयो, यदि नभएको खण्डमा म आफ्नै फुटबल एकेडेमी संचालन गर्ने तयारी सहित नेपाल आएका हुँ ।’

हुमागाईले अमेरिका र कुनै पनि फुटबलको पावर हाउसहरुको फुटबल प्रतिको सोच नै बेग्लै हुने गरेको अनुभव गरेको बताए । उनले नेपाली फुटबल विकासका निम्ति सर्वप्रथम त ग्रासरुट फुटबलको विकास हुनु जरुरी रहेको बताए । अमेरिकामा सानै उमेरमा अभिभावकहरुले आफ्ना बच्चाहरुलाई ब्यवसाियक रुपमा खेलाडीको रुपमा तयार गर्ने सोच राख्ने गरेको अनुभव सुनाए ।

उनले भने,‘अमेरिकामा बालबालिकालाई ६ वर्षदेखि नै विभिन्न उमेर समूहमा विभाजन गरि जुनियर र सिनियरका आधारमा प्रशिक्षण गराईन्छ । ब्यवसायिक खेलाडी बनाउने सोच अभिभावकमा हुने गर्छ । तर त्यो सोच र मनस्थिती नेपालमा छैन ।’
प्रशिक्षणको क्रममा उनले आफैले पनि धेरै कुरा सिक्ने अवसर पाएको जिकिर गरे । सिकेको सबै ज्ञान र सिप अब ग्रासरुट सिवकासमा लगाउने हुमाँगाईको सोच छ ।

उनले भने,‘म नेपालमा कुनै क्लबमा आबद्ध भएर प्रशिक्षकको भुमिकामा बाधिएको अवस्थामा पनि मेरो पहिलो प्राथमिकता सिनियर भन्दा ग्रासरुट लेभलमा जुनियर फुटबल विकासमा रहनेछ । अमेरिकामा सिकेको सिप नेपालमा खर्च गर्न चाहन्छु ।’

वि.स. २०५३ सालदेखि फुटबलमा लागेका प्रशिक्षक प्रदीप हुमागाई ले २०६९ सालमा थ्री स्टारलाई लिग विजेता बनाउन महत्वपूर्ण भुमिका खेल्दै उत्कृष्ट प्रशिक्षक समेत बन्न सफल भएका थिए । त्यो उनको करियरको पहिलो ए डिभिजिन क्लबको प्रशिक्षक सम्बन्धि अनुभव थियो ।

थ्री स्टार सम्हालेको छोटो समयमै उनले लिग विजेता, आहा रारा गोल्ड कप, उदयपुर गोल्ड कपसहित अन्य उपाधी जिताउन सफल भएका थिए ।

केहिस्टोन एथलेटिकले हुमागाइलाई नोभेम्बर १० का दिन नेपाल फर्किनअघि बिदाई तथा सम्मान कार्यक्रम गरी बिदाई गरेको थियो ।

यो पनि पढ्नुहोस्ः युरोकप फुटबलमा सहभागि सबै २४ टिमको टुंगो