स्काईफिट नेपालले शुरु गर्याे फिटनेस र खेलकुद सामाग्रीको पहिलो स्टोर

काठमाण्डौ । नेपालको चर्चित स्काई ब्राण्ड नेपालले खेलकुद सम्बन्धि पोशाक तथा सामाग्री विक्रि तथा वितरणका लागि आफ्नै आउटलेट स्टोर स्काईफिटको शुरुवात गरेको छ । यसअघि अनलाईन मार्केटिङ्गको माध्यमबाट फिटनेस तथा खेलकुदको पोशाक तथा सामाग्री वितरण गर्दे आएकोमा अहिले काठमाण्डौको थापाथलीस्थित ब्लुबर्डमलमा पहिलो स्टोर खोलेको हो ।

स्काई ब्राण्ड नेपाल,नेपालको पहिलो अनलाईन मार्केटिङ्ग मार्फत ग्राहकलाई विक्रि वितरण गर्ने विश्वसनिय ब्राण्ड समेत हो ।

लक्ष्मी पूजाको अवसरमा स्काई ब्राण्ड नेपालले खेकलुद सम्बन्धि पोशाक,फुटवेयर र अन्य सामाग्रीको विक्रि वितरण समेत आफ्नै आउटलेट शुरु गरेको छ ।

स्काईफिट खेलकुद सम्बन्धि सम्पूर्ण सामाग्रीका निम्ति नेपालको एक मात्र स्टोर हुनेछ । स्काईफिट नेपाली अनलाईन मार्केटिङ्गको बजारमा क्रान्तिका रुपमा परिचित स्काई ब्राण्ड नेपालको नयाँ कदम समेत हो ।

यो पनि पढ्नुहोस्ः१२ आवेदकहरुको अन्तरवार्ता सम्पन्न, मंसिर दोस्रो साता मुख्य प्रशिक्षक नियुत्त हुने

स्काई ब्राण्ड नेपाल,नेपाली ग्राहकहरुका निम्ति सन् २००५ देखि नै पहिलोपटक डिजिटल र टेलिसपिङ्गको अवधारणाबाट ग्राहकमाझ आफ्नो छाप छोड्न सफल ब्राण्ड हो । कम्पनीले स्काईफिट मार्फत खेलकुद क्षेत्रलाई एक कदम माथि पुर्याउने विश्वास बोकेको छ ।

स्काईफिटको पहिलो स्टोरको औपचरिक उद्घाटन नेपाली खेलकुद जगतलाई एक अलग पहिचान दिलाउन सहयोगि भुमिका खेलेको ५ चर्चित महिला खेलाडीहरुबाट गराएको छ । स्टोरको उद्घाटन भलिबलकी रेश्मा भण्डारी,फुटबलकी अनिता बस्नेत, कराँतेकी अनु अधिकारी, उसुकी निमाघर्ती मगर र ब्याडमिन्टनकी रशिला महर्जनबाट गरिएको हो ।

स्काईफिटको अनलाईन मार्केटिङ्ग प्ल्याटफर्मको उद्घाटन ब्याडमिन्टनका सिनियर अन्तराष्ट्रिय अम्पायर दिपक थापाले गरेका हुन् । ग्राहकको सुविधाका लागि स्काईफिट नेपालले अनलाईन पोर्टल www.skyfitnepal.com को पनि शुरुवात गरेको छ ।

स्काईफिटको स्टोरको उद्घाटन कार्यक्रममा कम्पनीका अध्यक्ष मनोज कुमार श्रेष्ठले उदाउँदो खेलाडीलाई हरेक वर्ष गर्ने सम्मानलाई खेल क्षेत्रले सराहनीय मान्ने अपेक्षा गरे ।

यस्तै श्रेष्ठले स्काईफिटलाई नेपालको पहिलो फिटनेस तथा खेलकुद सामाग्रीका अनलाईन स्टोर मात्र नभई विश्वसीय ब्राण्ड समेत बनाउने उद्घोष गरे ।

स्काईफिटको पहिलो आउटलेट स्टोरको उद्घाटन कार्यक्रममा नेपालका चर्चित खेलाडीहरु दिपक विष्ट,दिपक श्रेष्ठ,हरि खड्का र मण्डेकाजी श्रेष्ठसँगै अन्यको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :