चुनौतीकाबीच गौतमवुद्ध रंगशाला निर्माणको बर्ष दिन

सुवास रोकाया

काठमाण्डौं । धुर्मस् सुन्तली फाउण्डेशनले जन–स्तरबाट चितवनको भरतपुरमा थालेको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम एक बर्ष पुरा भएको छ ।  २०७६ साल मंसिर १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सिलान्यास गरेपछि अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरुभएको थियो ।

सुरुवाती चरणमा मैदान सम्याउने र ड्रीनीङ गर्ने कामबाट थालनि भएको रंगशाला निर्माणको कामले एक बर्षमा निकै आकार पाएको छ । बर्षदिन भित्र रंगशालाको ब्लक ए र बी प्यारापिटका सबै पिल्लरहरु ठडीसकेका छन् । खेल मैदामनको ८५ प्रतिशत निर्माणको काम सम्पन्न भईसकेको छ ।

फाउण्डेसनले काम सुरु गरेको ६ महिना भन्दा कम समयमै राष्ट्रिय स्तरको प्रतियोगीता खेल्न मिल्ने नमुना अभ्यास मैदान बननएको थियो । हाल उक्त्र नमुना मैदानमा विभीन्न प्रतीयोगिता आयोनाको तयारी हुँदैछ ।मेरोखेल डटकमसँग कुरा गर्दै फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले फाउण्डेशनले एक बर्ष भित्रमा र्निधारीत लक्ष्य बमोजिम कार्य सम्पादन गरेको जानकारी दिए ।

उनले भने,‘जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान अन्तर्गत एक बर्ष भित्र र्निधारीत लक्ष्य बमोजीम काम सम्पन्न गरेका छौं। कोरोना कहर र बर्षाले मैदान निर्माण कार्यमा अवरोध नगरेको भए अझै धेरै काम समापन हुने थियो।’फाउण्डेशनले पहिलो बर्षको केही समय रंगशालाका लागी आधारभुत संरचना बनाउन ब्यतित गर्यो । फाउण्डेशनले पहिलो बर्ष कामदार बस्ने होस्टेल, खाना पकाउने मेश, सामाग्री भण्डारण कक्ष, ग्यारेज र कार्यालय निर्माण लगाएतका काम गर्यो ।

‘मैदान ब्याक फीलीङको कार्य सम्पन्न गर्नु र २२ लाख लिटरको ड्रेन निर्माण गर्नु पनि फाउण्डेशनले पहिलो बर्ष पुरा गरेको गैरबमय कार्य हो ।’ कट्टेलले जानकारी दिए ।

१५ देखि २० प्रतिशत निर्माण कार्य सम्पन्न
हाल सम्म रंगशाला निमार्णको कुल कार्यको १५ देखि २० प्रतिशत कार्य सम्पन्न भैसकेको छ । गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला परियोजना प्रमुख जनार्दन शर्माका अनुसार यो उल्लेखनिय प्रगति हो ।

उनले भने, ‘हामीले रंगशाला निमार्णको १५ देखि २० प्रतिशत काम सम्पन्न गरिसकेका छौं। यो कागजीरुपमा राखेको लक्ष्यको लगभग ५ प्रतिशत काम हो ।’ कोरोना महामरी र बर्षाका कारण केही समय निमार्ण कार्य प्रभावित हुदा सोचे अनुसार काम हुन नसकेको उनले बताए । ‘हामीले रंगशाला निर्माणका लागि सबै भन्दा महत्वपुर्ण र कठिन काम सम्पन्न गरिसकेका छौं, निमार्णमा सबै भन्दा कठिन काम फाउण्डेशनको हो’, उनले भने

कोरोना महामारीका कारण रंगशाला निमार्णको काम दुई महिना रोकिएको थियो । महामारीकै कारण नेपाल सरकारले चैत ११ गते देशव्यापी लक्डाउनको घोषणा गरेसंगै फाउण्डेशनले सबै निर्माण कार्य रोकेको थियो भने बैसाख १३ गते ३० जना कामदारसहित निर्माण कार्यलाई पुनः निरन्तरता दिएको थियो । असार १३ गते सय कामदार थपिएका थिए भने हाल २०० भन्दा बढी कामदारहरु रंगशाला निमाणमा खटिरहेका छन् । निर्माणले पछिल्ला दिनमा फेरि गति लिएको छ । फाउन्डेसनले दसैं र तिहारमासमेत रंगशाला निर्माणकार्यलाई निरन्तरता दिइएको छ ।

यो पनि पढ्नुहोस्ः गौतम बुद्ध अन्तराष्ट्रिय रंगशालाको निर्माणकार्य दशैंमा पनि नरोकिने

आर्थीक अभाव कायमै
रंगशाला निर्माणको काम धमाधम भईरहेपनि यस्ले चरम आर्थिक अभावको भने सामना गरिरहेको छ । जन–स्तरबाट निर्माण भईरहेको रंगशालालाई कोरोना महामरीका कारण उत्पन्न आर्थिक मन्दी र बेरोजगारीले निकै असर गरेको छ । हाल धेरै मानिस बेरोजगार भएकाले सहयोग निकै आउन थालेको फाउन्डेसका वित्तीय प्रमुख मुिक्त तिमल्सिनाले भने ।

‘रंगशाला निमार्णको कामले हाल केही आर्थिक समस्याको समना गरिरहेको छ, तर आंम्सिकरुपमा सहयोग आईरहेकाले निमार्ण कार्य अघि बढाउन केही राहत भएको छ । हाल फाउण्डेशन ऋण र उधारोमा काम गरिरहेको छ ।’ वित्तीय प्रमुख तीमल्सीनाले भने ।

जुट्दै सरकारी सहयोग 
सरकारी तवरबाट रंगशालालाई बागमती प्रदेश सरकारबाट तीन करोड, भरतपुर महानगरपालिकाबाट ४ करोड, हेटौंडा उपमहानगरपालिकाबाट ३० लाख रकम सहयोग भएको छ । अन्य केही स्थानीयतहले बालुवा, ढुंगा र गिट्टी सहयोग गरेका छन् । रंगशालानिर्माणमा खर्च भएको ठूलो हिस्सा जनस्तरबाट प्राप्त सहयोग

नै रहेको फाउण्डेशनले जनाएको छ । रंगशालाका लागि गएको माघमा लगाइएको वृहत धनधाञ्चल महोत्सवबाट नगद ८ करोड ४६ लाख ३० हजार नगद संकलन भएर काम अघि बढेको थियो । आर्थिक जोहो मिले फाउण्डेशनले अर्को भदै सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ ।