मास्चिरानोद्वारा सन्यासको घोषणा

एजेन्सी । लिभरपुल र बार्सिलोनाका पूर्व तथा अर्जन्टिनाका मिडफिल्डर जावियर मास्चिरानोले फुटबल करियरबाट सन्यासको घोषणा गरेका छन् ।

अर्जन्टिनाका लागि सबैभन्दा बढी खेल खेलेका जावियर मास्चिरानोले अहिलेको क्लब स्टुडियान्ट्समा पत्रकार सम्मेलन गरी खेलाडी जिवनबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

३६ वर्षिय मास्चिरानोले भने,‘आजबाट ब्यवसायिक फुटबलबाट बिदा लिएको घोषणा गर्दछु् ।’

यो पनि पढ्नुहोस्ः बंगलादेशविरुद्ध नेपालको तयारी

अर्जन्टिनामा आफ्नो करियरबाट बिदा लिने मौका दिएकोमा म यो क्लब (स्टुडियान्ट्स) लाई धन्यवाद दिन चाहन्छु ।’

सन् २००७ मा मास्चिरानो लिभरपुल गएका थिए । उनले त्यहाँ आफ्नो फरक शैलीको फुटबलबाट सबैलाई आकर्षित पारेका थिए । उनले लिभरपुलमा तीन वर्ष बिताए । यसअघि २००६ मा विवादास्पद रुपमा उनी कार्लाेस टेभेजसँग वेस्ट ह्याम गएका थिए ।

यसपछि मास्चिरानो सन् २०१० मा बार्सिलोना २५ मिलियन पाउण्डमा ट्रान्सफर भएका थिए ।

बार्सिलोनाबाट उनले ३३४ खेल खेल खेल्दै दुईवटब च्याम्पियन्स् लीग जिते भने दुईवटा क्लब विश्वकप समेत जिते । यसबाहेक उनले ५ पटक लालिगा र उत्तिकै संख्यामा कोपा डेल रे को उपाधि उचालेका थिए ।

मास्चिरानोले सन्यासको घोषणा गरे लगतै बार्सिलोनाले ट्विट गर्दै उनले बार्साका लागि गरेको योगदान प्रति बार्सा सदैव गर्व गर्ने र सधै क्लबको एक अभिन्न सदस्यको रुपमा सम्झने जनाएको छ ।

सन् २०१८ मा मास्चिरानोले बार्सा त्याग्दै चाईनिज सुपर लीग खेल्न गए । उनले त्यहाँ हेबेई चाईना फर्चुनबाट खेलेको थिए । उनी यसै वर्षको शुरुवातमा अर्जन्टाईन क्लब स्टुडियान्ट्समा समावेश भएका थिए ।

मास्चिरानोले सनु २००३ मा १९ वर्षको उमेरमा अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । उनले अर्जन्टिनाबाट १४७ खेल खेल्दै तीन गोल समेत गरेका छन् ।

मास्चिरानोको महत्वपूर्ण भुमिकाका कारण अर्जनिटना सन् २०१४ को विश्वकपको फाईनलमा पुगेको थियो । तर उक्त फाईनल अर्जेन्टिानाले जर्मनीलाई सुम्पिन पुगेको थियो ।

उनले राष्ट्रिय टोलीबाट खेल्दै २००४ र २००८ मा गरी दुईवटा ओलम्पिक गोल्ड मेडल जितेका छन् ।

मास्चिरानोले अन्तिमपटक सन् २०१८ मा रसियामा भएको विश्वकपमा अर्जन्टिनाको प्रतिनिधित्व गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :