एजेन्सी । केन्याली ओलम्पिक च्याम्पियन कोन्सेस्लस किप्रुटो नाबालिक महिलासँगको शारिरिक सम्पर्कका कारण केन्याको एक अदालतमा पेश भएका छन् ।
सन् २०१६ मा भएको ब्राजिलको रियोमा भएको ओलम्पिकका ३ हजार मिटर स्टिपल चेजका गोल्ड मेडलिस्ट किप्रुटो नाबलिक १५ वर्ष उमेरको महिलासँग शारिरिक सम्पर्क बनाएको आरोपमा सोमबार अदालतमा पेश भएका थिए ।
२५ वर्षिय ओलम्पिक च्याम्पियन किप्रुटोले केन्यामा आफ्नो गृहनगरको अदालतका न्यायधिसशामु आफूले नाबालिक उमेरको महिलासँग कुनै शारिरिक सम्पर्क नगरेको प्रष्टिकरण दिए । केन्यामा बालिक हुने उमेर १८ तोकिएको छ ।
उनले सोमबार अदालत सामु आफूमाथि लागेको सबै आरोप अस्विकार गरेका छन् । उनलाई अदालतले १८०० अमेरिकी डलर जरिवाना गरेर छोडेको थियो ।
उनीमाथि लागेको मुद्दाको बारेमा २०२१ को मे मा सुनुवाई हुने अदालतले फैसला सुनाएको छ ।
मे मा उनको बारेमा सुनुवाई हुने भएपछि त्यसको दुई महिनापछि टोकियो ओलम्पिकमा उनले आफ्नो गोल्ड मेडल बचाउन ओलम्पिकमा सहभागि हुन पाउने नपाउने अन्यौल बनेको छ ।
यो पनि पढ्नुहोस्ः चुनौतीकाबीच गौतमवुद्ध रंगशाला निर्माणको बर्ष दिन