पौडीबाज शायनाको प्रतिबन्ध घटाइयो

एजेन्सी ।  अस्ट्रेलीयाकी पैडीवाज शायना ज्याक माथि लागेको प्रतिबन्ध दुई बर्ष कम गरिएको छ । डोपिङकी आरोपी उनलाई २०१९ मा प्रतिबन्ध सुनाईएको थियो ।

कोर्ट अफ आर्बिट्रेशन फर स्पोर्टस (क्यास) ले ज्याकले जानाजानी प्रतिबन्धित पदार्थ सेवन नगरेको भन्दै प्रतिबन्ध दुई बर्ष कम गर्ने निर्णय गरेको हो । २२ वर्षीय फ्रिस्टाल सुइमर ज्याकले जून २०१९ मा एनाबोलिक एजेन्ट लिगान्ड्रोल सेवन गरिएको पाईएको थियो ।

प्रतिबन्धित पदार्थ सेवन गरेको पाईएपछी वोल्र्ड एण्टी डोपिङ ऐजेन्सी (वाडा) ले ज्याकलाई ४ बर्षको लागि निलम्बन गरिएको थियो । तर ज्याकले आफु माथि लगाईएको आरोकोविरुद्ध क्यासमा अपिल गरेकी थिईन् । क्यासले उनलाई जानाजानी प्रतिबन्धित पदार्थ सेवन नगरेको भन्दै प्रतिबन्ध दुई बर्ष कम गरेको छ ।

१३ औँ वर्ल्ड एक्वाटिक्स च्याम्पियनशिपको तयारिकाक्रममा डोपिङ गरेको पाईएपछी ज्याकले वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिप गुमाएकी थिइन् ।
ज्याक माथिको डोपिङ प्रतिबन्ध जुलाई २०२१ मा समाप्त हुनेछ । तथापि, उनले जुलाईको अन्तमा आयोजना हुने टोकीयो अलम्पीकको छनोट भने खेल्न पाउने छैनन् ।

यो पनि पढ्नुहोस्ः ओलम्पियन नयना र उनका श्रीमानलाई कोरोना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :