जर्मनीलाई आधा दर्जन गोलले हराउँदै स्पेन सेमिफाईनलमा

एजेन्सी । म्यान्चेस्टर सिटीका विङ्गर फेर्रान टोरेसको ह्याट्रिक मद्दतमा स्पेनले युईएफए नेशन्स् लीगमा जर्मनीमाथि आधार दर्जन गोल गर्दै शानदार जित निकालेको छ । टोरेसको यो करियरको पहिलो अन्तराष्ट्रिय ह्याट्रिक समेत हो ।

मंगलबार राति स्पेनमा भएको खेलमा जर्मनी ६–० को विशाल गोल अन्तरले पराजित भएको हो । यो जितसँगै स्पेन नेशन्स् लीगको सेमिफाईनलमा प्रवेश गरेको छ । स्पेनको जितमा टोरेसको ह्याट्रिक बाहेक आल्भारो मोराटा,रोड्रि र ओयार्जाबालले एक एक गोल गरे ।

जर्मनीलाई नेशन्स् लीगबाट बाहिर निकाल्ने क्रममा स्पेनले पहिलो हाफमा तीन तथा दोश्रो हाफमा पनि तीन गोल थपेको थियो ।

स्पेनको लागि चेल्सीका पूर्व फरवार्ड मोराटाले खेलको १७औं मिनटमा गोल गर्दै शुरुवाती अग्रता दिलाए । यसपछि ३३औं मिनटमा टोरेसले शानदार भलि गोल गर्दै घरेलु स्पेनलाई २–० को अग्रता दिलाए । यसपछि ३८औं मिनटमा रोड्रिले गोल गर्दै स्पेनलाई पहिलो हाफमा ३–० को अवस्थामा पुर्याए ।

खेलको ५५औं र ७१ औं मिनटमा टोरेसले ब्यक्तिगत गोल गर्दै करियरको पहिलो ह्याट्रिक समेत पूरा गरे ।

खेलको निर्धारित समय सकिन एक मिनट अघि ओयार्जाबालले गायाको सुन्दर पासमा गोल गर्दै स्पेनलाई जर्मनीमाथि ६–० गोल अन्तरको शानलार जित पक्का गराए ।

यो जितसँगै स्पेन नेशन्स् लीगको सेमिफाईनलमा प्रवेश गरेको छ ।

यो पनि पढ्नुहोस्ः उरुग्वेलाई हराउँदै ब्राजिल विश्वकप छनौट नजिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :