सन्दिपले होबर्टबाट बिग बास खेल्ने पक्का

काठमाण्डौ । सन्दिप लामिछाने अष्ट्रेलीयामा हुने बिग बास लीगको १०औं संस्करणका लागि होबर्ट हुरिकेन्समा आबद्ध भएका छन् । योसँगै सन्दिपले लगातार तेश्रो पटक बिग बास खेल्ने पक्का भएको छ ।

बिग बास फ्रेन्चाईज क्लब होबर्ट हुरिकेन्स्ले बिहिबार विज्ञप्ति जारी गर्दै नेपाली क्किेटर सन्दिप लामिछानेलाई यो सिजनको बिग बासका लागि अनुबन्धन गरेको जानकारी दिएको हो ।

सन्दिप बिग बासमा सफल स्पिनरको रुपमा चिनिएका छन् । उनले यसअघिका दुई संस्करणका २० खेलमा २६ विकेट लिदै प्रभावित पारिसकेका थिए । गत सिजन मेलबर्न फाईनलसम्म पुगेको टिम समेत हो ।

सन्दिपले गएको दुई सिजन अर्काै फ्रेन्चाईज क्लब मेलबर्न स्टार्सबाट खेलेका थिए । मेलबर्न स्टार्स बिग बास लीगको तीन पटकको उपविजेता टिम हो ।

होबार्टले सन्दिपलाई टिममा सामेल गर्न पाउनु खुशीको विषय रहेको र उनको आगमनले टिमको बलिङ्गमा मजबुती थपिएको जनाएको छ ।

बिग बास लीगमा प्रत्येक टिमले तीन जना विदेशी खेलाडी राख्न पाउने नियम रहेको छ । यसअघिका संस्करण प्रत्येक टिमले दुई जनामात्र विदेशी खेलाडी राख्न पाउने नियम रहेको थियो ।

बिग बास लीग डिसेम्बर १० बाट अष्ट्रेलीयामा शुरु हुँदैछ ।

यो पनि पढ्नुहोस्ः  क्यानले एनपीएल २०२१ भित्र गरिसक्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :