बेल्जियम नेशन्स् लीगको सेमिफाईनलमा

एजेन्सी । रोमेलु लुकाकुको दुई गोलको मद्दतमा बेल्जियम युईएफए नेशन्स् लीगको सेमिफाईनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा बेल्जियमले डेनमार्कलाई ४–२ गोल अन्तरले हराउँदै नेशन्स् लीगको अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

खेलको शुरुवाती तेश्रो मिनटमा नै लेस्टर सिटीका युरी टिलेमान्सले डेन्डोङकरको असिस्टमा गोल गर्दै बेल्जियमको गोल खाता खोलेका थिए ।

तर खेलको १७औं मिनटमा नै जोनास विन्डले हेडर गोल गर्दै डेनमार्कका लागि बराबरी गोल फर्काए । यो गोलसँगै हिलो हाफमा दुबै टोलीले १–१ को बराबरी खेले ।

यसअपछि खेलको ५७औं मिनटमा केविन डि ब्रुएनको पासमा लुकाकुले गोल गर्दै बेल्जियमलाई २–१ को अग्रता दिलाए । पुनः ६९औं मिनटमा हजार्डको पासमा लुकाकुले नै गोल गर्दै बेल्जियमलाई ३–१ को अग्रता दिलाए ।

यसपछि ८६औं मिनटमा नासेर चाड्लीको आत्मघाती गोलका कारढा डेनमार्कले बेल्जियमसँगको गोल दूरी ३–२ मा पुर्यायो ।

तर लगतै ८७औैं मिनटमा डि ब्रुएनले थप एक गोल गर्दै बेल्जियमलाई ४–२ को जित दिलाए ।

यो जितसँगै ईङ्गल्याण्डको अघिल्लो चरणमा पुग्ने आश समाप्त भएको छ ।

बेल्जियमले फ्रान्स,स्पेन र ईटालीसागै सेमिफाईनलमा चौथो टिमको रुपमा प्रवेश पाएको छ ।

सेमिफाईनलका खेलहरु २०२१ को अक्टोबरमा हुनेछन् ।

यो पनि पढ्नुहोस्ः  वेल्सलाई फिनल्याण्डको चुनौती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :