दक्षिण अफ्रीकाका क्रिकेट खेलाडीमा कोरोनो संक्रमण

एजेन्सी । ईङ्गल्याण्डविरुद्धको घरेलु सीरीजकालागी प्रशिक्षणमा रहेको दक्षिण अफ्रीका क्रिकेट टिमका खेलाडीमा कोरोना भाईरसको संक्रमण देखिएको छ ।

कोरोना संक्रमण पुष्टि भए लगत्तै उक्त खेलाडीलाई आईरोलेसनमा राखिएको छ भने उनि संग सम्पर्कमा आएका अन्य दुई खेलाडीहरुलाई समेत आईसोलेट गरिएको छ ।

क्रिकेट दक्षिण अफ्रिका बोर्डले विज्ञप्ति जारी गर्दै आफ्ना एक खेलाडीमा कोरोना भाईरसको संक्रमण देखिएको बताएको हो । यद्यपी यी तीन खेलाडीहरूको भने परिचय खुलाएको छैन ।

ईङ्गल्याण्ड र दक्षिण अफ्रीका बिचको सीमीत ओभर सिरीज २७ नोभेम्वरबाट सुरु हुने छ ।

क्रिकेट दक्षिण अफ्रिकाले आधिकारिक विज्ञप्तिमा भन्यो, ‘एक खेलाडि कोरोना संक्रमित पाईएका छन् । अन्य दुई खेलाडीहरु उनको सम्पर्कमा आएका थिए । बोर्डले कुनै जोखिम नलिई तिनै जनालाई मेडिकल टोलीमा हस्तान्तरण गरेको छ । तीनै खेलाडीहरूलाई केप टाउनमा आईसोलेसनमा राखिएको छ । अब उनीहरूको हेरचाह बोर्डको मेडिकल टोलीले गर्नेछ । ’

ईङ्गल्याण्ड र दक्षिण अफ्रीका बिचको सीमीत ओभर सिरीज २७ नोभेम्वरबाट सुरु हुने छ । सिरीज अन्तरगत दुबै टोलिले समान ३ खेलको एकदिवसिय र टि २० सीरीज खेल्नेछन् ।

यो पनि पढ्नुहोस्ः बंगलादेशको मुख्य प्रशिक्षकलाई कोरोना संक्रमण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :