क्यानको निर्णयमाथि पूर्व सिईओको विरोध

काठमाण्डौँ । नेपाल क्रिकेट संघ (क्यान) को बुधबार बसेको भर्चुअल माध्ययमको वार्षिक साधारणसभाबाट पारित केहि निर्णयलाई लिएर अहिले नेपाल क्रिकेट संघको चर्को आलोचना भइरहेको छ ।

साधारणसभाले नेपाल प्रिमियर लिग (एनपीएल) गर्ने सहितका ५ महत्वपूर्ण निर्णयहरु पारित गरेको थियो । एनपीएल आयोजना गर्न साधारणसभाले केन्दि«य समितिलाई प्रक्रिया अघि बढाउन समेत निर्देशन दिएको छ ।

सबै निर्णयहरुको समर्थन भइरहँदा एनपीएल आयोजनाको ठेक्का बिना बोलपत्र आह्वान गरी भारतिय कम्पनिलाई दिने प्रस्तावप्रती भने नेपाली क्रिकेट सचेतकहरुले नेपाल क्रिकेट सघंप्रति विरोध जनाएका हुन् ।

भारतिय कम्पनिलाई १० वर्षका लागी ४२ करोडमा ठेक्का सुम्पिने निर्णयको क्यानकी पूर्व सिईओ भावना घिमिरेले विरोध गरेकि छिन् । आफु सक्षम हुदाँहुदैँ पनि भारतिय कम्पनिलाई ठेक्का दिनु लाजमर्दो रहेको उनको ठम्याई छ ।

उनले सामाजिक सन्जाल ट्विटरमार्फत आफ्नो प्रतिक्रिया दिएकी हुन् । ‘५ बर्ष अघि मेरै कार्यकालमा एउटा साधारण राष्ट्रीय स्तरको खेलको लागि झण्डै पौने करोडको शिर्षक प्रायोजक भटिएको देशमा क्रिकेट संघले गर्ने अन्तराष्ट्रीय स्तरको एक्सक्लुसिभ फ्रेन्चाईज लिग एनपिएलको लागि २ करोड कुनै पनि हालतमा ठुलो रकम हैन ।’ पूर्व सिईओ घिमिरेले लेखेकि छिन् ।

यो पनि पढ्नुहोस्ः  क्यानले एनपीएल २०२१ भित्र गरिसक्ने

त्यस्तै राष्ट्रिय खेलकुद परिषद्ले यसअघि १३औँ सागमा ब्रोडकास्टिगं राईट्स भारतिय मिडियालाई दिदाँ के भएको थियो त्यही कथा यहाँपनि दोहोरिनसक्छ भनेर चेतावनी समेत दिएकिछिन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :