स्वदेश फर्कियो नेपाली टोली (फोटो फिचर)

काठमाण्डौं ।  बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार (आज) स्वदेश फर्किएको छ ।

बंगलादेशको ढाकाबाट चार्टर फ्लाइटमार्फत टोली आज दिउँसो स्वदेश फर्किएको हो ।

नेपालले बंगलादेशसंग दुइ खेलको मैत्रीपूर्ण फुटबल सिरिज (मुजिब बार्ष, फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण) खेलेको थियो ।

नोभेम्बर १३ मा भएको पहिलो खेलमा नेपाल घरेलु टोली बंगलादेशसंग २–० ले पराजित भएको थियो भने दोस्रो खेलमा गोलरहित बराबरी खेलेको थियो ।

फोटो स्रोतः अखिल नेपाल फुटबल संघ (एन्फा)\

यो पनि पढ्नुहोस्ः  राष्ट्रिय खेलको पीडा: अभ्यास थाल्न पैसा छैन