आईसीसी अध्यक्षको निर्वाचनको टुङ्गो अर्काे चरणमा

एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्ष पदकोे लागी भएको मतदानमा ग्रेग बार्कले १० र इमरान ख्वाजाले ६ मत प्राप्त गरेका छन् । कुल १६ मत मध्ये बार्कले १० र ख्वाजाले ६ मत प्राप्त गरेका छन् ।

अध्यक्ष पदका लागी इलेक्ट्रोनिक मतदान भएको हो । कोरोना महामारीका कारण दुबई स्थित आईसीसी मुख्यालयमा निर्वाचन गर्न कठिन भएको भन्दै अनलाईन मतदान भएको आईसीसीले जनाएको छ ।

यद्यपी बहुमत प्राप्त गरेका बार्क आईसीसी अध्यक्ष मनोनित भएका छैनन् । अध्यक्ष पदका लागी दोस्रो चरणमा मतदान हुने आईसीसीले जनाएको छ ।
यस वर्ष आईसीसीले अध्यक्ष पदको चुनावका लागि केही नयाँ नियम थप गर्दै ३ चरणमा निर्वाचन गर्ने निती बनाएको थियो ।

नयाँ आईसीसी नियम अनुसार अध्यक्ष पदमा मनोनित हुन कुल मतको दुई तिहाई मत अर्थात १६ मध्य ११ मत अनिवार्य प्राप्त गर्नु पर्ने हुन्छ ।
बार्क र ख्वाजा मध्ये कसैले दुई तिहाई मत प्राप्त गर्न नसक्दा निर्वाचन दोस्रो चरणमा जाने भएको हो ।

अध्यक्ष पदका लागी कुल १६ मत मध्ये १२ मत क्रिकेटका पूर्ण सदस्य राष्ट्रहरुका हुन् । भने एक मत स्वतन्त्र महिला सदस्य र २ मत एसोसीएट राष्ट्रले गर्ने गर्दछन् ।

पहिलो चरणमा कुनै पनि उम्मेद्धारले दुई तिहाई मत प्राप्त गर्न नसकेपछी निर्वाचन दोस्रो चरणमा गएको छ । दोस्रो चरणमा समेत कसैले दुई तिहाई मत प्राप्त गर्न नसके तेस्रो चरणमा मतदान हुने छ ।

यो पनि पढ्नुहोस्ः आईसीसीद्धरा सबै खेलाडिहरुको उमेरहद निर्धारण