क्यानले बोलायो बन्द प्रशिक्षण,भेषावकर,रेग्मी र सोमपाल पनि समावेश

काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान) ले २२ जना राष्ट्रिय खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले बोलाएको २२ जनाको टोलीमा शरद भेषावकर,वसन्त रेग्मी र सोमपाल कामीको पुनरागमन भएको छ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा क्यानले नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षण शुरु गर्न लागेको हो । बन्द प्रशिक्षण मंसिरको १० गतेबाट शुरु हुने भएको हो ।

नेपाल क्रिकेट संघले मंसिर ८ गते बोलाईएका २२ खेलाडीको कोरोना परिक्षण गरेर मात्र १० गतेको बन्द प्रशिक्षणमा समावेश गर्नेछ ।

नेपालले पछिल्लोपटक गत फागुनमा थाईल्याण्डमा सम्पन्न ईस्टर्न रिजन टि २० छनौटमा सहभागिता जनाएको थियो । त्यसपछि कोरोनाका कारण नेपालमा कुनै पनि क्रिकेटको गतिविधि भएको छैन ।

क्यानले बन्द प्रशिक्षणमा जगत टमाटा प्रशिक्षक रहनेछन् । क्यानले अर्काे मुख्य प्रशिक्षक नियुक्त नगरेसम्म टमाटालाई नै प्रशिक्षण गराउने भएको हो ।

बन्द प्रशिक्षणमा बोलाईएका २२ खेलाडी ः
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान),पारस खड्का, शरद भेषावकर, विनोद भण्डारी, वसन्त रेग्मी, मोहम्मद आरिफ शेख, सुवास खकुरेल,सन्दीप लामिछाने,सुसन भारी, पवन सरार्फ, रोहितकुमार पौडेल, कमलसिंह ऐरी, भुवन कार्की, ललितनारायण राजवंशी, अभिनाश बोहरा, कुशल मल्ल, सन्दीप जोरा, करण केसी, सोमपाल कामी, राशिद खान र किशोर महतो ।

यो पनि पढ्नुहोस्ः वेष्ट ईडिण्ज टीमको नयाँ जर्सी सार्बजनिक