हालाण्डलाई गोल्डेन ब्वाई अवार्ड

एजेन्सी।  २१ वर्ष मुनिका उत्कृष्ट फुटबलरलाई प्रदान गरिने ‘गोल्डेन ब्वाई अवार्ड’ एर्लीङ हालाण्डले हात पारेका छन् । जर्मन क्लब बोरुसिया डर्टमण्डका नर्वेली फरवार्डले स्पेन तथा बार्सिलोनाका अंसु फाति, म्यान्चेस्टर सिटी तथा इङ्ल्याण्डका फिल फोडेन, जाडोन सान्चो, अल्फान्सो डेभिसलगायत २० खेलाडीलाई पछिपार्दै अवार्ड जितेका हुन् ।

सन् २०२० मा उत्कृष्ट प्रदर्शन गरेको आधारमा २१ वर्ष मुनिका हालाण्डलाई गोल्डेन ब्वाई अवार्ड प्रदान गरिएको हो । इटालियन पत्रिका टुट्टोस्पोर्ट्सले सन् २००३ बाट हरेक वर्ष अवार्ड प्रदान गर्ने गरेको छ । गत वर्ष जावो फेलिक्सले अवार्ड जितेका थिए ।

गत जनवरीमा जर्मन क्लब साल्जबर्गबाटै डर्टमण्ड पुगेका २० वर्षीय हालान्डले टिमका लागि महत्वपूर्ण योगदान गरेका थिए । उनको प्रेरणामा डर्टमण्डले च्याम्पियन्स लिगको नकआउट चरण खेलेको थियो भने बुन्डेसलिगामा दोस्रो भएको थियो ।

अघिल्लो सिजनबाट निरन्तर लयमा रहेका हालाण्डले जारी सिजन पनि ११ खेलमा ११ गोल गरिसकेका छन् । हालाण्डले राष्ट्रिय टोलीका लागि पनि ६ गोल गरेका छन् ।

यो पनि पढ्नुहोस्ः ‘फिफा द बेस्ट अवार्ड’को मिति तय