दक्षिण अफ्रीकाका खेलाडीमा कोरोना संक्रमण

एजेन्सी । दक्षिण अफ्रीकाका एक जना खेलाडीमा कोरोना संक्रमण देखिएको छ । यो संगै सीमीत ओभर सीरीजका लागी ईङ्गल्याण्डमा रहेका दक्षिण अफ्रीकाका दुई जना खेलाडीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

दुई दिन अघि गरीएको परीक्षणमा एक जना खेलाडीमा कोरोना पोजेटिभ देखिएको होे । आफ्ना थप एक खेलाडीमा कोरोना देखिएको क्रिकेट दक्षिण अफ्रीका (सीएसए) ले जनाएको हो ।

सीएसएले संक्रमीत खेलाडीको परपिचय गोप्य राखेको छ । संक्रमीत खेलाडीको स्वास्थ्य अवस्था सामान्य भएको र उनलाई आईसोलेसनमा राखिएको सीएसए ले जनाएको छ ।

खेलाडीमा कोरोना  देखिए पछी शनिबारका लागि निर्धारित अन्तर स्क्वाड अभ्यास खेलसमेत स्थगीत भएको छ ।

यस्तै धरेलु सीरीको तयारीमा रहेको ईङ्गल्याण्ड टिमका सबै खेलाडीहरुको कोरोना रीपोर्ट नेगेटिभ आएको छ ।

यो पनि पढ्नुहोस्ः वेष्ट ईडिण्ज टीमको नयाँ जर्सी सार्बजनिक