काफ सुपर कप फुटबल ईजिप्टको कायरोमा आयोजना हुने

एजेन्सी । कतारको दोहामा आयोजना हुने भनिएको काफ सुपर कप फुटबल ईजिप्टको कायरोमा आयोजना हुने भएको छ ।

अफ्रिकी फुटबल महासंघ (काफ) र कतार फुटबल संघ (क्युएफए) प्रतियोगिताको आयोजना स्थल सार्न सहमत भएसँगै काफ सुपर कप फुटबल कायरोमा आयोजना हुने भएको हो ।

कोरोना महामारीका कारण २०२० अगस्ट १४ देखि १६ सम्ममा आयोजना गरीने तालिका भएको २९ औँ संस्करणको काफ सुपर कप स्थगित गरिएको थियो ।

प्रतियोगिता नयाँ स्थानमा आयोजना हुने निश्चित भए पनी नयाँ मिती भने तय गरीएको छैन ।

यो पनि पढ्नुहोस्ः राष्ट्रिय खेलको पीडा: अभ्यास थाल्न पैसा छैन