वेष्ट ईडिण्ज टीमको नयाँ जर्सी सार्बजनिक

एजेन्सी । न्युजील्याडबिरूद्धको टी २० सीरीजमा वेस्ट ईण्डिज क्रिकेट टीमले नयाँ जर्सीको प्रयोग गर्ने भएको छ ।तीन टी २० र २ टेस्ट खेलको सीरीजका लागि न्युजील्याड भ्रमणमा रहेको वेस्ट ईण्डिज टोलि टी २० सीरीजका दैरानमा नयाँ जर्सीमा मैदान उत्रने भएको हो ।

क्रिकेट वेस्ट ईण्डिज (सीडब्लुआई) ले शुक्रबार टोलिको नयाँ जर्सी सार्वजनिक गरेको हो । सीडब्लुआईले विज्ञप्ति जारि गर्दै नयाँ जर्सी सार्वजनिक गरिएको जनाएको छ ।

सीडब्लुआईले भारतमा २०२१ मा आयोजना हुने टि २० विश्व कपलाई ध्यानमा राख्दै नयाँ जर्सी सार्वजनिक गरेको हो । अब वेस्ट ईण्डिजका खेलाडीहरुले सबै अन्तर्राष्ट्रिय टी २० खेलहरूमा यहि जर्सीमा मैदान उत्रने छन् ।

ईण्डिज टिमको नयाँ जर्सी निकै आकर्षक बनाइएको छ । यो मरून र पहेलो रंगको छ । जर्सीकोे अगाडि प्राय पहेलो रंग छ भने बिचमा मरून रंग छ । जर्सीको बाहुला मरून रंगको छ ।

न्युजील्याडबिरूद्धको पहिलो टि २० नोभेम्बर २७ मा इडन पार्कमा हुने छ । दोश्रो र तेश्रो टी २० खेल नोभेम्बर २९ र ३० मा बे ओभलमा खेलाईने छ ।
दुई देश बिचको टेस्ट सीरीज ३ डीसेम्वरबाट सुरु हुने छ ।

यो पनि पढ्नुहोस्ः दक्षिण अफ्रीकाका खेलाडीमा कोरोना संक्रमण