युनाइटेड र वेस्ट ब्रोम खेल्दै

एजेन्सी ।  प्रिमियर लिग फुटबलमा शनिबार (आज) म्यान्चेस्टर युनाइटेड र वेस्ट ब्रोम खेल्दैछन् । युनाइटेडको घरेलु मैदानमा खेल नेपाली समय अनुसार राति १ः४५ बजे हुनेछ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा जित निकाल्दै युनाइटेड अंक तालिका सुधारको प्रयासमा हुनेछ । पछिल्ला केही खेलमा सोचे अनुसार खेल्न नसकेको युनाइटेड तालिकाको १४ औं स्थानमा छ । ७ खेलमा ३ जित र १ बराबरीमात्र खेलेको युनाइटेडले ३ खेलको नतिजा विपक्षीलाई सुम्पिएको छ । प्रिमियर लिग फुटबलमा आजको खेलमा जित निकाल्न सके युनाइटेड तालिकाको नवौं स्थानमा उक्लिनेछ ।

यस्तै पछिल्ला ५ खेलमा जित बिहिन वेस्ट ब्रोम पनि युनाइटेडविरुद्ध जितको खोजिमा हुनेछ । यो सिजन दोस्रो डिभिजनबाट बढुवा भएको वेस्ट ब्रोमले गतिलो प्रदर्शन गर्न सकेको छैन । उसले ८ खेल खेल्दा मात्र ३ खेलमा बराबरीको नतिजा निकादै अंक जोडेको छ । वेस्ट ब्रोम तालिकाको १८ औं स्थानमा छ ।

यो पनि पढ्नुहोस्ः काफ सुपर कप फुटबल ईजिप्टको कायरोमा