राष्ट्रिय क्रिकेट टिमको फिटनेश प्रशिक्षकमा भारतीय हत्कार

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको फिटनेश प्रशिक्षकमा भारतीका आशय हत्कार नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर १० गतेदेखी सुरु गर्न लागेको राष्ट्रिय टिमको बन्द प्रशिक्षणको फिटनेश प्रशिक्षकमा हत्कार नियुक्त भएका हुन् ।

क्यानका प्रवक्ता अशोक नाथ प्याकुरेलले हत्कारलाई शुरुमा तीन महिना अवधिका लागि फिटनेश प्रशिक्षक नियुक्त गरिएको बताए ।

आशय यसअघि भारतमा फिटनेश प्रशिक्षकका रुपमा काम गर्दै आएका थिए ।

क्यान ले २२ जना राष्ट्रिय खेलाडीहरुलाई मंसिर १० गतेबाट बन्द प्रशिक्षणमा बोलाएको छ । त्यसअघि क्यानले मंसिर ८ गते सबै २२ जना खेलाडी तथा प्रशिक्षकहरुको पीसीआर परिक्षण समेत गर्नेछ । पीसीआरबाट पोजिटिभ आएका खेलाडीलाई बन्द प्रशिक्षणमा समावेश गरिने छैन ।

क्यानले बोलाएको २२ जनाको टोलीमा यसअघि टोलीमा नरपरेका शरद भेषावकर,वसन्त रेग्मी र सोमपाल कामीलाई समेत बोलाएको छ ।

यो पनि पढ्नुहोस्ः  वेष्ट ईडिण्ज टीमको नयाँ जर्सी सार्बजनिक