युभेन्ट्स काग्लियारीसंग खेल्दै

एजेन्सी । इटालियन सिरी ए फुटबलमा आज साविक विजेता युभेन्ट्स काग्लियारीसँग खेल्दै छ । युभेन्ट्सको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १ः३० बजे सुरु हुनेछ ।

घरेलु मैदानमा युभेन्ट्स सहज जितको खोजीमा हुनेछ । युभेन्ट्स काग्लियारीलाई हराए दोस्रो स्थानमा उकिल्नेछ भने पहिलो स्थानको एसी मिलानसंग अंकदुरी १ मा झार्नेछ ।

सिरी ए मा सातौं चरणण्का खेल सकिँदा युभेन्ट्स १३ अंक जोडेर तालिकाको पाँचौं स्थानमा छ । समान ७ खेल खेलेको काग्लियारी १० अंक जोडेर तालिकाको ११ औं स्थानमा छ । सिरी ए अन्तर्गत आजै हुने अर्को खेलमा एटलान्टाले स्पेजियासँग खेल्नेछ भने लाजियोले क्रोटोनसँग खेल्नेछ ।

यो पनि पढ्नुहोस्ः  बार्सिलोना र एथ्लेटिको भिड्दै