बार्सिलोना र एथ्लेटिको भिड्दै

एजेन्सी ।  स्पेनिस ला लिगा फुटबलमा आज (शनिबार) बार्सिलोना र एथ्लेटिको मड्रिडको सामना गर्दैछ । स्पेनका दुई ठुला प्रतिद्वन्दी बार्सिलोना र एथ्लेटिकोले आ–आफ्नो आठौं चरणको खेलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । एथ्लेटिकोको मैदानमा हुने साताको सबैभन्दा ठुलो भिडन्त नेपाली समय अनुसार राति १ः४५ बजे सुरु हुनेछ ।

आजको खेलमा दुबै टोलीको लक्ष जित निकाल्ने हुनेछ । शीर्ष स्थानमा उक्लिन एथ्लेटिकोलाई जितको खाँचो छ भने शीर्ष ५ मा उक्लिन बार्सिलोना जित चाहान्छ ।

यो सिजन खराब लयमा रहेको बार्सिलोना जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । बार्सिलोनाको ७ खेलमा ११ अंक छ र तालिकाको आठौं स्थानमा छ ।

एथ्लेटिको भने ७ खेलमा १७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । बार्सिलोनाविरुद्ध जित निकाले उ तालिकाको शीर्ष स्थानको रियल सोसिडाडसंग अंक बराबरी गर्न सफल हुनेछ ।

यो पनि पढ्नुहोस्ः  युभेन्ट्स काग्लियारीसंग खेल्दै