न्युक्यासललाई हराउँदै चेल्सी शीर्ष स्थानमा

एजेन्सी ।  लण्डन क्लब चेल्सी प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार साँझ सम्पन्न खेलमा न्युक्यासल युनाइटेडलाई पराजित गर्दै चेल्सी शीर्ष स्थानमा उक्लिएको हो ।

न्युक्यासलको घरेलु मैदानमा चेल्सी २–० को नतिजा निकाल्न सफल भयो । चेल्सीको जितमा टमी अब्राहमले १ गोल गरे भने १ गोल आत्माघाती उपहार रहयो ।

खेलको १० औं मिनेटमा मेसन माउन्टले निकालेको क्रस फेडेरिको फर्नान्डेजले क्लियर गर्न नसक्दा आफ्नै पोस्टमा गोल भएपछि पाहुना टोलीले १–० को अग्रता बनाएको थियो । यस्तै ६५ औं मिनेटमा मैदानको मध्यभागबाट तीन डिफेन्डरलाई छलाउँदै टिमो वेर्नरले मिलाएको पासमा अब्राहमले गोल गरेपछि चेल्सीले २–० को जित शुनिश्चित गर्यो ।

जितसंगगै चेल्सीले ९ खेलमा १८ अंक बनाएको छ । १ खेल कम खेलेको लेस्टर समान १८ अंक भएपनि तालिकाको दोस्रो स्थानमा छ । पराजित न्युक्यासल भने तालिकाको १३ औं स्थानमा छ ।

यो पनि पढ्नुहोस्ः बार्सिलोना र एथ्लेटिको भिड्दै