जेरार्ड पीके चोटका कारण ६ महिना मैदानबाहिर रहने !

एजेन्सी । एट्लेटिको मड्रिडसँग हार खेपेको बार्सिलोनाका निम्त अर्काे दुखद खबर रहने करिब निशिच्त भएको छ । शनिबार राति लालिगामा भएको खेलमा बार्सिलोना एट्लेटिको मड्रिडसँग १–० गोल अन्तरले हार्न पुगेको छ ।

यसै खेलमा उसको महत्वपूर्ण डिफेन्डर जेरार्ड पीके गमिभर घाईते हुँदै मैदानबाट बाहिरिएका छन् । उनलाई सोही समयमा अस्पताल समेत लगिएको थियो ।

खेलको दोश्रो हाफमा पीके चोटिल भएपछि मैदानबाट बाहिरिएका थिए ।

खेल लगतै बार्सिलोनाले पीकेको दाईने घुडाँमा गम्भिर चोट लागेको र बाँकी नतिजा आउन बाँकी रहेको उल्लेख गरेको थियो ।

बार्साका अनुसार पीकेको चोट गम्भिर रहेको र चिकित्सकहरुका अनुसार गम्भिर चोट रहेकोले तत्काल यसै भन्न मिल्ने केही नरहेको अवस्था छ ।

बार्साले पीकेको चोटका आधारमा पीकेलाई मैदानमा फर्किन कम्तिमा ६ महिना लाग्न सक्ने देखिएको विज्ञप्ति मार्फत उल्लेख गरिसकेको छ ।

यो पनि पढ्नुहोस्ः  हाल्याण्डको चार गोलमा डर्टमण्डको शानदार जित