मेदभेदेभ र थिम एटिपी फाईनल्सको फाईनलमा

एजेन्सी । विश्व नम्बर एक नोवाक जोकोविक र नम्बर दुई रफायनल नडाल एटिपी फाईनल्सबाट बाहिरिएका छन् । यस्तै जित निकाल्दै डानिल मेदभेदेभ र डोमिनिक थिम एटिपी फाईनल्सको फाईनलमा प्रवेश गरेका छन् ।

शनिबार राति ओ टु एरिनामा भएको दोश्रो सेमिफाइखेलमा स्पेनिस नडाल रसियाका मेदभेदेभसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका हुन् । मेदभेदेभले नडाललाई ३–६,७–६ (७–४) र ६–३ को सेटमा हराउँदै पहिलोपटक एटिपी फाईनल्सको फाईनलमा स्थान सुरक्षीत गरे ।

अन्तिम सेटमा स्रंयमित खेल खेल्दै नडालको गल्तिको फाईनदा उठाउँदै मेदभेदेभले सेमिफाईनलको जित सुरक्षित गरेका हुन् ।

यसअघि पहिलो सेमिफाईनल खेलमा युएस ओपन विजेता थिमले जोकोविकलाई पाखा लगाउँदै फाईनलमा स्थान पक्का गरेका थिए ।

उनले जोकोविकलाई ७–५,६–७ (१०–१२),७–६ (७–५) को सेटमा हराएका हुन् ।

अब आईतबार हुने एटिपी फाईनल्सको फाईनलमा थिम र मेदभेदेभ आमने सामने हुनेछन् ।

यो पनि पढ्नुहोस्ः जोकोविक एटिपी फाईनल्सको सेमिफाईनलमा