८औं सागमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थापाको निधन

काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषद (राखेप)का पूर्व केन्द्रिय कोषाध्यक्ष श्री होम बहादुर थापाको ५८ बर्षको उमेरमा निधन भएको छ । उनको उपचारको क्रममा मंसिर १ गते नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटीमा निधन भएको हो ।

थापाले रोखेपमा वि.सं २०५१ मा राखेपको केन्द्रिय कोषाध्यक्षमा नियुक्त हुनुभएको थियो । पछिल्लो समय थापाको स्वास्थयमा जटिल समस्या देखिएपछि जोरपाटीस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो ।

२०५३–५४ मा नेपालमा भएको ८औं दक्षिण एशियाली खेलकुदलाई सफलतापूर्वक सम्पन्न गर्न थापाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

वि.सं २०१८ सालमा ओखलढुंगाको गामनाङ्गटारमा जन्मनु भएका थापाको परिवारमा एक श्रीमती र दुई छोरा छन् ।

थापाले राखेपबाहेक ग्रामिण आवास कम्पनीको महाप्रबन्धकको रुपमा पनि जिम्मेवारी निर्वाह गर्नुभएको थियो । थापालाई तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको मन्त्रीपरिषदले २ वर्षको कार्यकालको लागि ग्रामिण आवास कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेको थियो ।

थापाको झन्डै एक दर्जन बढी ब्यापारिक तथा सामाजिक संस्थाको प्रमुख, संस्थापक र सल्लाहकारका रुपमा आबद्धता रहेको थियो ।

यो पनि पढ्नुहोस्ः  राष्ट्रिय क्रिकेट टिमको फिटनेश प्रशिक्षकमा भारतीय हत्कार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :