प्रिमियर लिग फुटबलमा एभर्टनलाई अंक तालिका सुधारको अवसर

एजेन्सी ।  प्रिमियर लिग फुटबलमा आज (आइतबार) फुलहम र एभर्टन खेल्दैछन् । फुलहमको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ ५ः४५ मा सुरु हुनेछ ।

क्राभेन कटेजमा हुने खेल दुबै टोलीका लागि महत्वपूर्ण छ । आजको खेलमा जित निकाल्दै एभर्टन तालिकाको शीर्ष ५ मा उक्लिने योजनामा हुनेछ भने फुलहम अंकतालिका सुधारको योजनामा हुनेछ । सुरुवाती खेलमा निकै लयवद्ध प्रदर्शन गरेको एभर्टन पछिल्ला केही खेलमा आफू अनुकुल नतिजा निकाल्न असफल हुँदा अंक तालिकामा खस्किएको छ । एभर्टनले पछिल्ला ५ खेलमा मात्र १ जित नकालेको छ भने जम्मा ४ अंक जोडेको छ । एभर्टन ८ खेलमा १३ अंकसहित तालिकाको सातौं स्थानमा छ ।

यस्तै फुलहम पनि आजको खेलमा जित निकाल्दै अंक तालिका सुधारको योजनामा हुनेछ । १७ औं स्थानको फुलहमको अंक तालिकामा मात्र ४ अंक छ । फुलहमले पछिल्ला ५ खेलमा मात्र ३ अंक जोडेको छ ।

प्रिमियर लिग अन्तर्गत आजै हुने अर्को खेलमा सेफिल्ड युनाइटेड र वेस्टह्याम आमने सामने हुनेछन् । खेल नेपाली नेपाली समय अनुसार ७ः४५ बजेपछि सुरु हुनेछ ।

यो पनि पढ्नुहोस्ः ब्राजिलियन महिला फुटबल स्टार मार्टा कोरोना संक्रमित