प्रिमियर लिग फुटबलमा लिभरपुल र लेस्टर भिड्दै

एजेन्सी ।  प्रिमियर लिग फुटबलमा (आज) आइतबार लिभरपुल र लेस्टर सिटी आमने सामने हुँदैछन् । आइतबार नवौं चरणको खेलमा शीर्ष दुई टोली एकआपसमा भिड्न लागेका हुन् । खेल लिभरपुलको घरेलु मैदान एन्फिल्डमा नेपाली समय अनुसार राति १ बजेपछि सुरु हुनेछ ।
खेलमा जित निकाल्दै दुबै टोली अंक तालिका सुधार तथा आफ्नो शीर्ष ४ भित्रको दबदबाह कायमै राख्न चाहान्छन् ।

लिभरपुल लेस्टरलाई हराउँदै शीर्ष स्थानमा उक्लिने योजनामा हुनेछ । आजको खेलमा जित निकाले लिभरपुलको २० अंक हुनेछ, जुन पहिलो स्थानको टोटनहमसंग बराबरी अंक हो । लिगमा ८ खेल खेलेको लिभरपुल अंक तालिकामा १७ अंकसहित चौथो स्थानमा छ । तर लिभरपुलका महत्वपूर्ण खेलाडी मोहमद सलाह आजको खेलमा उपस्थित हुनेछैनन् । कोरोना संक्रमणका कारण उनले आजको खेल गुमाउनेछन् ।

यस्तै बलियो लेस्टर पनि लिभरपुललाई माथ दिने योजनामा हुनेछ । पछिल्ला ५ खेलमा ९ अंक जोडेको लेस्टरको पनि खेल जित्दै शीर्ष स्थानमा फर्कने दाउ हुनेछ । जित हात पारे लेस्टर टोटनहम भन्दा १ अंकको अग्रता कायम राख्दै कम्तिमा १ साताका लागि तालिकाको पहिलो स्थानमा हुनेछ । लेस्टरको ८ खेलमा १८ अंक छ ।

यो पनि पढ्नुहोस्ः प्रिमियर लिग फुटबलमा एभर्टनलाई अंक तालिका सुधारको अवसर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :