ब्राजिलियन महिला फुटबल स्टार मार्टा कोरोना संक्रमित

एजेन्सी । ब्राजिलियन महिला फुटबल स्टार मार्टा भियरा दी सिल्भा कोरोना संक्रमित भएकी छन् । शनिबार गरीएको परिक्षणका क्रममा सिल्भालाई संक्रमित भएको पाईएको हो ।

ब्राजिलियन फुटबल कन्फेडेरेसन (सीबीएफ) ले एक विज्ञप्ति जारी गर्दै मार्टा कोरोना संक्रमीत भएको जनाएको हो ।

कोरोनाको संक्रमण पुष्टि भएसंगै मार्टाले इक्वेडरबिरूद्धको आगामी मैत्रिपुण फुटबल खेल गुमाउने भएकि छीन् ।

६ पटक फिफा वल्ड प्लेयर अफ इयर अवार्ड विजेता मार्टा कोरोना संक्रमित भए लगत्तै सेल्फ आईसोलेसनमा बसेकी छिन् भने उनलाई मेडिकल सुपरिवेक्षणमा राखिएको सीबीएफले जनाएको छ ।

ब्राजिलले नोभेम्बर २७ र डिसेम्बर १ मा इक्वेडरविरुद्ध घरेलु मैदान साओ पाउलोमा २ मैत्रिपुण फुटबल खेल खेल्दै छ ।

यो पनि पढ्नुहोस्ः  जेरार्ड पीके चोटका कारण ६ महिना मैदानबाहिर रहने !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :